झापाको मेचीनगर नगरपालिका-३ मा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट स्थानीय ४३ वर्षीया मैयाँ मलाहाको घटनास्थल मै मृत्यु भएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि मेची अंचल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
आज बिहान मे२प २९७९ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरीरहेकी मलाहालाई ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकलसहित चालकलार्इ इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । इमेजखबरमा समाचार छ ,।