अखिल भारत नेपाली एकता मंच मध्य भारत क्षेत्रीय सम्मेलन मुंबईमा हुने

बाबु रोका मगर 
– नेपाली जनताको महान बलीदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतंत्र नेपालको संविधान र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं !
– १२/१३ मार्च २०१६ का दिन मुंबईमा हुनगईरहेको अखिल भारत नेपाली एकता मंच मध्य भारत क्षेत्रीय सम्मेलन भव्यरुपमा सफल पारौं !!
अादरणिय  प्रवास स्थित न्यायप्रेमी , देशभक्त , क्रांतीकारी जनसमुदायहरुमा क्रांतीकारी न्यानो अभीवादन ! 
३७ वर्षदेखी प्रवासी नेपाली जनताको हकहित तथा नेपालमा नेपाली जनताका वर्गीय, जातीय, क्षेत्रीय, लैंगीक उत्पीडनको विरुद्दमा एवं गाँस,बाँस,कपास,स्वास्थ्य , शिक्षा र रोजगार लगायतका मौलिक अधिकारको ज्ञारेंटीका लागि निरंतर संघर्षरत  हाम्रो गौरवशाली संगठन अखिल भारत नेपाली एकता मंच मध्य भारत क्षेत्रीय समितीको ऐतीहासिक चौथो सम्मेलन ” घोषणा सभा ” यही दिनांक १३ मार्च २०१६ का दिन  मुंबई महानगरीमा हुन गईरहेको छ । 
तत्कालीन नेकपा माअोवादीको नेतृत्वमा नेपाली जनताले संचालन गरेको महान जनयुद्दले उठाएका राजनैतिक एजेन्डाहरुकै अाधारमा यही  २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भई नेपाली जनताले मुलभुत रुपमा  वर्गीय, जातीय, क्षेत्रीय, लैंगीक अधिकार र गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार लगायतका मौलिक अधिकार राजनैतिक रुपमा प्राप्त गरेका‍ छन् । माअोवादी एजेन्डामा अाधारीत संविधान जारीसंगै शांती र संविधानको प्रकृयालाई असफल पार्दै , महान जनयुद्दलाई अपराध सावित गरि क्रान्तिकारी अान्दोलनलाई सखाप पार्ने देशी विदेशी प्रतीकृयावादीहरुको षड्यन्त्र असफल भएको छ ।  
क्रांतीकारी शक्तीका तागतमा अाफ्नो संविधान अाफैं बनाएका कारण  सिंगो देशले नाकाबन्दी जस्तो अमानविय पीडा भोग्नु पर्दा पनि सरकार र जनताले नझुकी डटेर नामाबंदीको सामना गर्नुले नेपालीहरुको राष्टियता प्रतीको भावना संसारले वुझ्न पाएका छन् । सम्पुर्ण क्रांतीकारी , देशभक्त शक्तीहरु एकताबद्द भई नेपाली क्रांतीका ऐतिहासिक उपलव्धिहरु ( समाजवाद उन्मुख संघीयता, गणतंत्र, धर्मनिरपेक्षता, समानुपातीक समावेशी, सामाजीक न्यायको सिद्दांतमा अाधारीत संघीय लोकतांत्रीक गणतंत्र नेपालको संविधान ) र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै ,नेपाली क्रान्तिका  बांकी कार्यभार पूरा गरी सिंगो देशलाई अार्थीक रुपमा समृद्द बनाउंदै समाजवादी लक्ष्य हासील गर्न अगाढी बढ्नुपर्नै ऐतीहासिक अभीभारा सम्पुर्ण क्रांतीकारी , देशभक्तहरुको कांधमा अाएको बेला हुन गईरहेको सम्मेलनमा गरिमामय उपस्थीती सहित सम्मेलन सफल पारीदिनहुन समस्त  न्यायप्रेमी , क्रांतीकारी , देशभक्त जनसमुदाय लगायत समस्त संघसंस्थाका प्रतिनिधि , पत्रकार , बुद्दिजिवी , व्यवशायी मित्रहरूमा हार्दिक अपिल गर्दछौं ।
हाम्रा केहि नाराहरु:-  
“प्रवासी नेपाली जनताको मौलिक अधिकार स्वास्थ्य शिक्षा र स्वदेशमै रोजगार” 
“२१अौं शताब्दीको अाव्हान , नयाँ संस्कृतिको निर्माण विकृति विसंगति विरुद्द , सांस्कृतिक तथा खेलकुद अभियान” 
– संसारका मजदुर – एक हौं
– जनताको संघीय गणतंत्र नेपाल – जिन्दावाद 
– अखिल भारत नेपाली एकता  मञ्च – जिन्दावाद 
– भारतिय एवं नेपाली जनता विचको एकता – कायम रहोस्
– राष्ट्रिय स्वाधिनताको – रक्षा गरौं 
– वीर सहिद – अमर रहुन्
कार्यक्रम प्रवेश निशुल्क गरिएको छ |
कार्यक्रममा मदिरा सेवन गरेकालाई प्रवेश निषेध गरिएको छ भने कार्यक्रममा जनअाक्रोश सांस्कृतिक परिवारले विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछ ।
अायोजक 
अखिल भारत नेपाली एकता मंच 
मध्य भारत क्षेत्रीय सम्मेलन 
घोषणा सभा
मिती :- १३ मार्च २०१६
समय :- दिउँसो २ बजेदेखी ५:३० बजेसम्म
स्थान :- कर्नाटका संघ हल , माटुंगा पश्चिम , मुंबई 
सम्पर्क नं .
शिव प्रसाद महत ( संयोजक ) 84 84 877122
शंकर परियार ( प्रचारप्रसार विभाग प्रमुख ) 9594872005