समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी-७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्नेक्रममा डुबेर ज्यान गएको हो ।
गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भएपनि भण्डारीको परिवारलाई भने १३ दिनपछि बिहीबार (हिजो)मात्र जानकारी आएको मृतकका दाजु भुवन भण्डारीले बताए ।
आर्थिक अवस्था कमजोर भएका भण्डारी रोजगारीकाक्रममा दुबई पुगेका थिए ।
उनको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको तथा मृतक भण्डारीको शव यही चैत १ गते नेपाल आइपुग्ने छिमेकी महेन्द्र अधिकारीले बताए । रासस