युएईको अलएेनमा संघसस्था बिच समन्वयब गर्न परिषद गठन

उमाकान्त पाण्डे
युएई  ।  संयुत्त अरब एमिरेट्स युएईको अलएेनमा रहेका नेपाली संघसस्थाका गतिबिधीमा समन्वयब गर्नका लागि भन्दै अलएन समन्वयब परिषद गठन गरिएको छ । यहाँ रहेका दुई दर्जन धेरै संघसस्था बीच पछील्लो केही महिना यता असमझदारी बढेको भन्दै तिक्ततालाई मेटाउन संघ सस्था बिच समन्वयब गर्न परिषद निर्माण गरिएको हो । 
एनआरएन युएई अलएेन क्षेत्रिय समितिको सकृयतामा शुक्रबार अलएेनमा एक अन्तरकृया कार्यक्रम गरेर सो अलएेन परिषद गठन गरिएको हो  । गठित परिषदको सम्योजकत्वमा मितेरी समाजका पुर्व अध्यक्ष तथा समाजसेवी प्रेम रिजाल रहनु भएको छ भने परिषदमा यहाँ सकृय सबै संघसस्था बाट एक एक जना प्रतिनिधि रहने गरी परिषद निर्माण भएको हो  । यहाँ सामाजिक सेवामा सकृय सबै संघसस्थालाई अबको एक साता भित्रमा सस्थाको प्रतिनिधि समावेश गराई सूचीक्रित हुन भनिएको छ । 
उद्देश्य एउटै र लक्ष्यमा पुग्ने बाटो अलग भएकोले परदेशमा सबै नेपाली मिलेर आपसी सहकार्य र प्रतिबद्द भए यहाँ हुने सबै कार्यक्रमलाई सहयोग हुने अपेक्षा गरिएको छ । एनआरएन क्षेत्रिय समितिका अध्यक्ष मीन नेपालीको सभापतित्वमा भएको सो कार्यक्रममा एनआरएन आइसीसी सदस्य तथा ब्यवसायी राकेश जयसवाल , जिफण्टका किशोर केसी , विर गोर्खाली राष्ट्रिय एकताका कमल कार्की , मगर संघका मोहन पाल्पाली मगर , गोरखा सेवा समाजका अध्यक्ष बिनोद श्रेष्ठ लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिती थियो । 
कार्यक्रममा धेरैले सामाजिक संस्थामा पार्टीगत राजनीतिको प्रभाव भएको , ब्यात्तीगत समस्यालाई संस्थागत रुपमा जोडेको भन्दै सबै मिलेर जानुको विकल्प नभएको बताउनु भयो । आगामी दिनमा अलएेनमा हुने हरेक कार्यक्रमलाई व्यबस्थित र अनुशासित बनाउन समन्यब परिषदले काम गर्ने जिम्मेवारी दिईएको छ ।