एनआरएन युएईले दुतावासमा राखेको एकदिने स्वास्थ्य शिविरमा २ सय ४४ नेपालीको स्वास्थ्य परिक्षण (फोटो फिचर)

उमाकान्त पाण्डे 
युएई  । संयुत्त अरब एमिरेट्स युएईमा कार्यरत नेपालीका लागि सन्चालित एक दिने स्वास्थ्य शिविर सकिएको छ । एनआरएन युएईले यहाँको स्थानिय अल अहलिया अस्पताल सँगको समन्वयबमा आबुधाबीमा एक दिने स्वास्थ्य शिविर राखेको थियो । 
एनआरएनको पहल र अलअहलिया अस्पताल सँगको समन्वयबमा सन्चालित सो स्वास्थ्य शिविरमा २ सय ४४ जना नेपालीले स्वास्थ्य परिक्षण गराएका छन । सो स्वास्थ्य शिविर युएईमा कार्यरत नेपालीहरु प्रती लक्षित गरेर आबुधाबीमा रहेको नेपाली दुतावासमा सार्वजनिक बिदाको दिन शुक्रबार राखिएको थियो । 
निःशुल्क रुपमा गरिएको स्वास्थ्य शिविरमा स्वास्थ्य सम्बन्धि जिज्ञासा र सम्बन्धित बिशेषज्ञ चिकित्सकको जबाफ सहित सामान्य पूर्ण स्वास्थ्य परिक्षण गरिएको थियो । त्यस्तै शिविरमा विशेषज्ञको टोलिले गैस्ट्रोइन्ट्रोलोजिस्ट, सर्जन, हाडजोर्नी तथा हृदय रोग लगायतको स्वास्थ्य जाँच भएको थियो । त्यस्तै आवश्यकता अनुसार रत्त परिक्षण समेत गरिएको थियो । 
न्युनतम २ सय जनाको सहभागीता हुने अपेक्षा गरिए पनि स्वास्थ्य शिविरमा आत्याधिक नेपालीको सहभागीता देखेर आयोजकले पुनह: अन्यत्र यस्तै कार्यक्रम आयोजना गरे आफुहरुले सहयोग गर्ने अस्पतालका सहायक प्रबन्धक डा. विबु बोसेले बताउनु भयो । उहाले एनआरएन युएईलाई स्वास्थ्य शिविर आयोजना गरेकोमा प्रशशां पत्र समेत प्रदान गर्नु भएको थियो । 
एनआरएन युएईले दुतावासको समन्वयबमा गत महिना यहाँका बिभिन्न स्थानमा पुगेर सचेतना सम्बन्धि कार्यक्रम गरेको थियो । आफुहरुले आयोजना गरेका कार्यक्रममा आम काम गर्न आएका नेपालीहरुको उपस्थिती देखेर आफुहरुलाई यस्तै कार्यक्रम गर्न हौसला मिलेको एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताउनु भयो । 
स्वास्थ्य शिविरमा युएईका लागि नेपाली राजदुत धनन्जय झा सहित दुतावासका अधिकारीहरु समेत सहभागी हुनुहुन्थ्यौ । शिविरमा एनआरएन युएईका पदाधिकारी तथा यहाँ कार्यरत नेपालीहरुको उपस्थिती थियो ।