पूर्व-पश्चिम राजमार्गअन्तर्गत् सर्लाहीको लालबन्दी नगरपालिका-७ बस्तीपुरमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना३६प ५२६७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको डब्लुबी७४एएफ ९४४८ नम्बरको स्कारपीओ जिपले ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही जानकीनगर-४ का ३२ वर्षीय नारायण निरौलाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार निरौलाकी श्रीमती २९ वर्षीया उर्मिला र १८ महिनाकी छोरी श्रीतिका गम्भीर घाइते भएका छन् ।
गम्भीर अवस्थामा रहेका उनीहरुको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब निरीक्षक कृष्ण सेढाइँले जानकारी दिए । – इमेजखबरमा समाचार छ ।