मकवानपुर उद्योग वाणिज्य संघले फागुन २० गतेदेखि हेटौंडामा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । ११ दिने मेला ५ लाख भन्दा बढीले अवलोकन गरेको जनाइएको छ ।
मेलामा करिब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको संघले जनाएको छ ।
मेलामा औद्योगिक तथा घरेलु उद्योगका बस्तु, कपडा, दैनिक उपभोग्य बस्तुहरु, मोवाइल, विद्युतीय उपकरण, निर्माण सामाग्री, कृषि लगायत बस्तुहरुका ३९८ वटा स्टलहरु राखिएका थिए । इमेजखबरमा समाचार छ ।