बुटवलको मिलनचोकमा मोटरसाइकललाई ठक्कर दिंदा बाग्लुङ्गका ४० वर्षीय हरिबहादुर थापाको घटनास्थलमै मृत्यु
चैत्र ७ गते, २०७२ मा प्रकाशित
बुटवल उप-महानगरपालिका-१० मिलनचोकमा लु.१ ख ५८५० नम्बरको ट्रकले लु.२२ प १९८६ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा भएको दुर्घटनामा मोटरसाइकल चालक शेमला-७ बस्ने बाग्लुङ्ग दगाहतुमडाँडा-१ का ४० वर्षीय हरिबहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।