शेयर बजार परिसूचकले दैनिकजसो उचाईको नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । साताको शुरु कै दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लाग्यो ।
कारोबार परिमाण पनि उच्च रह्यो । यसदिन बजार परिसूचक नेप्से बुलिस ट्रेण्डमा रहँदै १७ अंकको उच्च सुधार भएर १३४३ को नयाँ उचाई कायम भएको हो । कारोबार भएका सबै समूह हरियो रहे ।
बीमा समूहमा ३१५ अंकको उच्च सुधार आयो । जलविद्युत समूह पनि ७१ अंकले उकालो लाग्यो । होटल समूह १८ अंकले सुधारियो भने वाणिज्य बैंक समूहमा ८ अंकको बृद्धि भयो । विकास बैंक, अन्य र वित्त समूह भने सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्चसेन्जमा ११२ कम्पनीको १९ लाख २५ हजार कित्ता शेयर ९० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।