बुधबार शेयर बजार सकारात्मक रह्यो ।
पछिल्ला दिन उच्चदरले उकालो लाग्दै आएको शेयर बजारमा सोमबार सामान्य अंकले गिरावट आएको थियो भने बुधबार पुनः सकारात्मक रहेको हो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बराबरले उकालो लागेर १३ सय ४५ दशमलव पाँच तीनको नयाँ उचाइ कायम गर्न सफल भयो ।
वाणिज्य बैंक समूहमा १२ अंकको सुधार भएसँगै बाँकी अरु सबैजसो समूह ओरालो लाग्दा पनि नेप्से सकारात्मकमा थामिएको हो ।
बीमा समूहमा ६० अंकको उच्च गिरावट आयो भने जलविद्युत् समूह पनि ४० अंक बराबरले झर्यो । होटल, विकास बैंक र वित्त समूह सामान्य अंकले रातो रहे । अन्य समूह स्थीर रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको १४ लाख ३६ हजार कित्ता शेयर ७४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – इमेजखबरमा समाचार छ ।