गुल्मीमा आगलागी हुदाँ २ जना घाइते

अनिष पाठक
खर्वाङ्ग.  बाग्लुङ्ग ।  गुल्मीको रुपाकोट गांउ विकास समितिको बडा नम्वर ३ बतासेमा आज साँझा करिव ७ बजेको समयमा रिसि बहादुर थापाको घरमा अचानक आगलागी हुदाँ २ जना घाइते भएका छन । 
घाइते मध्ये १५ वर्षिय युवराज ढेगाकाे आगो निभाउन घर भित्र जादाँ आगोको लप्कोले पोल्दा  हात खुटामा असर गरेको र उपचारको लागि आज साझ नै पाल्ला लगिएको स्थानिय स्वास्थ्य क्रमिले बताउनुभयो । 
त्यस्तै अर्कौ घाइते छव वहादुर पल्लीे भने गत चैत ९ गते साझ छविलाला वि।कको घरमा आगोलागि हुदां सामान्य घाइते भएका हुन । स्थानियका अनुसार एकै ठाँउमा भएका घरहरुमा एकाएक आगलागी भएकोले आगो कसैले लगाएको हुनसक्ने अनुमान गरेका छन । 
उता मजुवा प्रहरी कार्यलय मजुवाका प्रमुख प्रहरी सहायक निरिक्षक नरेन्द्र विकले भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो । यसरि दिनानुदिन घरमा आगो लाग्दा स्थानियमा त्रास फैलिएको छ।।

अन्य समाचारहरु