नवलपरासीमा यो वर्ष ७३१ जना क्षयरोगी फेला

नवलपरासीमा यो वर्ष ७३१ जना क्षयरोगी फेला परेका छन्।   
 
जिल्लामा रहेका ७९ वटा क्षयरोग परीक्षण केन्द्रमा रोगीको खकार परीक्षण गर्दा ती बिरामीमा क्षयरोग देखा परेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 
 
जिल्लाको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा बढी मात्रामा क्षयरोगी भेटिएका छन्। दाउन्नेदेबी, सुनवल, गैँडाकोट, पक्लीहवा, बर्दघाटलगायत क्षेत्रमा बढी मात्रामा क्षयरोगका बिरामी रहेका पाइएको छ। 
 
रोगीमध्ये अधिकांश पुरुष रहेको कार्यालयले जनाएको छ। रासस  

अन्य समाचारहरु