शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो

यस साता शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढ्यो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३ अंकले बढेर अन्तिम दिन १३ सय ५७ अंकमा पुग्यो ।
यससाता अधिकांश समूहमा गिरावट आएपनि वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च ३० अंकको बृद्धि आएसँगै साताको नेप्से बढेको हो ।
टेलिकम सूचीकृत अन्य समूहमा पनि १४ अंकको बृद्धि आयो । बीमा, जलविद्युत् समूहमा भने दोहोरो अंकको गिरावट आयो ।
यस साता कारोबार परिमाणमा भने गिरावट आयो । यस साता १ सय ४२ कम्पनीहरुको तीन अर्ब ४४ करोड ५० लाख रुपैयाँ बराबरका ६६ लाख १४ हजार कित्ता सेयरहरु खरिद-बिक्री भए ।
गत साता चार अर्ब २ करोड ८९ लाख रुपैयाँ बराबरका ६७ लाख १४ हजार कित्ता सेयरहरु खरिद