शेयर बजारमा बुलिस ट्रेण्ड कायमै, नेप्सेले दैनिक उचाईको नयाँ रेकर्ड कायम गर्दै

साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा बुलिस ट्रेण्ड कायमै रह्यो । बजार परिसूचक नेप्सेले दैनिक उचाईको नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
कारोबार पनि अर्ब बढी नाघ्यो । यस दिन उतार चढावबीच नेप्सेमा २० अंकको उच्च सुधार भएर १३७७ को उचाई कायम भयो । विकास बैंक र अन्य बाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो ।
वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च ३६ अंकको सुधार भएसँगै नेप्सेमै उच्च सुधार आएको हो । होटल समूह ९ अंक बराबरले र जलविद्युत समूह ६ अंकले उक्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १२९ कम्पनीको १४ लाख ८६ हजार कित्ता शेयर १ अर्ब १४ करोड रुपैयाँ बढीको कारोबार भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।