पर्शुराम मिश्रको सफल जीवन

राजु खनाल 
साउदी अरब ।  तनहुँ जिल्लाको रिस्बी गा बि स मा बुबा भानुभक्त मिश्र र आमा भक्तिमाया मिश्र को कोखबाट बि.स. २०२१ कार्तिक २५ गते का दिन जन्मेका पर्शुराम मिश्र को बाल्यकाल भने गाउँ मै बित्यो । प्राथमिक तहको अध्यन गाउँ मै गरेका मिश्र का बुबाले नवलपरासीको गैंडाकोट मा बसाई सरे पछि माध्यमिक स्थरको पढाई भने जनक माध्यमिक बिद्यालय गैडाकोट नबलपरासीमा  हुन पुग्यो । उनको बाल्यकाल सामान्य  रुपमा बित्यो भने उनी सानै देखि चलाख र दयालु भबनाका थिए ।घरको सामान्य आर्थिक स्थितिले गर्दा पर्शुराम मिश्र लाई अब केही गर्नु पर्दछ है भन्ने जागर चाहिँ सानै उमेर देखि चलेको थियो ।
माध्यमिक तहको अध्यन गर्दागर्दै उनी चितवनको नारायणगढ मा एक वर्कसपमा काम गर्न पुगे ।त्यहाँ काम सिकेपछी काठमाडौ कोटेश्वरमा सानो वर्कसप  चलाउन थाले । काठमाडौ एअरपोर्ट को बिस्तार संगै उनले खोलेको वर्कसप  मा तारबार लगाइयो र ऊनी रोजगार बिहिन भए ।
नेपालमा बसेर खासै उपलब्धि नदेखे पछि उनी २०४९ साल तिर साउदी अरबको दमाम हानिए । ९०० रियल तलब भनी दमामको सादुत अल सादुन मा आएका उनलाई ७०० रिएल मात्र दियो । उनको काम गर्ने क्षमतालाई हेरेर उनको तलब १२०० रियल पुग्यो । सम्झौता सकिएर नेपाल आएको क्रममा उनको भिषा सकियो र अर्को म्यानपावर मार्फत रियाद स्थित एक वर्कसपमा १४०० रियल मा काम गर्न पुगे ।उक्त वर्कसपमा काम गर्दागर्दै उनको तलब ३२०० रियल सम्म पुग्यो । उनले जागिर बाट मात्र केही हुने नदेखे पछि व्यापार तिर हात हाल्ने सोच बनाए । 
सगरमाथामा रेष्टुरेन्ट रियाद स्थित बथाह मा खोलेर आफ्नो व्यापार सुरुवात संगै रोजगार को लागि साउदी पुगेका नेपालीहरु सग उनको राम्रो सम्बन्ध हुँदै गयो । सानैदेखि मिजासिला, मेहनती र सबैसग मिल्न सक्ने खुबी भएका पर्शुराम मिश्र समाजसेबा तिर पनि हात हालेर प्रबासी नेपाली मञ्च , साउदी अरब को सस्थापक सदस्य बन्न पुगे । ब्यापार मा एक पछि अर्को सफलता मिल्दै गए पछि ब्यबसाय थप गर्दै लैजान थाले । अहिले सगरमाथा समुहको सस्थापक ,सनराइज ग्रुपको सस्थापक , युरोटक कन्सलटेन्सीको प्रबन्धक लगायत समूह बाट आफ्नो ब्यबसाय गरिरहेका मिश्र ले प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा ५० भन्दा बढी नेपाली हरुलाइ रोजगार दिएका छन ।  निकट भबिस्यमै काठमाडौ मा सुविधाजनक होटेल बनाउने सोच बनाएका मिश्र ले नेपाली ढाका टोपी लगाउन भने कहिल्यै छुटाउदैनन । सबै ले उनलाई काका भनी सम्मान गर्दछ्न भने साउदीमा खोलिएका सबै संघ सस्थाहरु सग उनको राम्रो सम्बन्ध छ । प्रबासी नेपाली मन्च , साउदी अरब को उपाध्यक्ष समेत रहेका पर्शुराम मिश्र ले हरेक चाडपर्वमा नेपाली कला सस्कृती झल्कने कार्यक्रम गरि रहेका हुन्छन् ।

(राजु खनाल सँग कुराकानीको आधारमा तयार पारिएको ।)