रामेछापको साघुँटार बाँकीमेरीमा ट्रयाक्टर दुर्घटना, आठजना घाइते

रामेछापको साघुँटार गाविसस्थित बाँकीमेरीमा शनिबार भएको ट्रयाक्टर दुर्घटनामा आठजना घाइते भएका छन् ।
ना३प २८८० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर छ ।
बाँकीमेरीबाट कमलावारीतर्फ निर्माण सामग्री लिन गइरहेको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । – इमेजखबरमा समाचार छ ।  

अन्य समाचारहरु