पाल्पाको पिपलडाँडा धैरेनीमा जिप दुर्घटना हुँदा १३ जना घाइते

पाल्पाको पिपलडाँडा गाविस-१ धैरेनीमा आज जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
घाइते सबैको अहिले लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेमध्ये पिपलडाँडा-३ की ६० वर्षीय मनकुमारी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पाल्पाको शिखरडाँडादेखि तानसेन आउँदै गरेको लु१ज १७८४ नम्बरको जिप दुर्घटना भएको हो । (रासस)

अन्य समाचारहरु