मूल प्रवाह जुट्यो भारत व्यापी क्षेत्रीय सम्मेलनमा

धनवीर पुन मगर 
नयाँ दिल्ली  । ‘गणतन्त्र, राष्ट्रियता र राष्ट्र निर्माणका लागि संसारका नेपाली एक हौ’ भन्ने मूल नाराका साथ आयोजित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको क्षेत्रीय सम्मेलन अभियान सम्पूर्ण तयारी छ । मूल प्रवाहले यही अप्रेल ९ देखि मई १ सम्म भारत व्यापी क्षेत्रीय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनको व्यापक तयारी भएको समाजका महासचिव खगेश्वर शर्माले जानकारी दिनुभएको छ । हालै सम्पन्न नगर सम्मेलन अभियानका क्रममा भारतस्थित नेपाली श्रमजिवीहरुको उत्साहजनक सहभागिता तथा कार्यकर्ताहरुहरुको हौसलाबुलन्द कार्यले क्षेत्रीय सम्मेलन अभियान पनि निकै भव्य र शानदार रुपमा सम्पन्न हुने शर्माले विश्वास प्रकट गर्नु भयो ।
सम्मेलन अभियानको उद्घाटन ९ अप्रेलका दिन इल्लाहवादमा पाचौं उत्तर भारत क्षेत्रीय सम्मेलन राजमोका पूर्व महासचिव हरि आचार्यले गर्नु हुने छ । त्यस्तै सोही दिन मूल प्रवाहका पूर्व अध्यक्ष तथा हाल बरिष्ठ सल्लाहकार दुर्गाबहादुर केसी नवौं सुदुर पश्चिमोत्तर क्षेत्रीय सम्मेलन र पाचौं मध्य भारत क्षेत्रीय सम्मेलनको उद्घाटन समाजका महासचिव खगेश्वर शर्माले गर्नु हुनेछ । सम्मेलनको सन्दर्भमा जुलुश, पत्रकार सम्मेलन, अन्तक्रिया, खेलकुद, सांस्कृतिक प्रतियोगिता लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिनेछ । चार चरणमा सम्पन्न पार्न लागिएको क्षेत्रीय सम्मेलन अभियानको पहिलो चरणको सम्मेलनको सम्पूर्ण तयारी लगभग पुरा भएको छ ।
मूल प्रवाहको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार भारतका १२ वटै क्षेत्रीय समितिहरुले सम्मेलनका लागि प्रतिनिधि, पर्यवेक्षक छनौटको कार्य सम्पन्न भइसकेको बताएको छ । नगरहरुबाट छनौट भएर आउने र सम्मेलनलाई भव्य रुपमा सम्पन्न पार्न कलाकारहरुको पनि सशक्त तयारी भइसकेको सो विभागले जनाएको छ । विगतका क्षेत्रीय सम्मेलनहरु स्वदेशका रक्तिम अभियानका कलाकारहरुको उपस्थितिमा हुने गरेता पनि यसपालीको क्षेत्रीय सम्मेलन अभियान भने भारत कै कलाकारहरुद्वारा सम्पन्न हुनेछ ।
समाजका बरिष्ठ सल्लाहकार दुर्गाबहादुर केसीले भन्नु भयो-नगर सम्मेलन तथा भेलाको सिलसिलामा क्षेत्रीय सम्मेलनलाई लिएर भारतस्थित नेपालीहरुमा व्यापक उत्साह देखिएको छ । भारतस्थित श्रमजिवी नेपालीहरुको उत्साह र उमङ्गले हाम्रा कार्यकर्ताहरुलाई भारतमा संगठनको काम गर्न थप हौसला बढेको छ । कार्यकर्ताहरुको हौशलाबुलन्द परिचालनले क्षेत्रीय सम्मेलन अभियान भव्य र ऐतिहासिक रूपमा सम्पन्न हुने विश्वास हामीमा जागेको छ ।
मूल प्रवाहको यस क्षेत्रीय सम्मेलन अभियानलाई देशभक्त, स्वाभिमानी श्रमजिवी नेपालीहरुले आशातित नजरले हेरिरहेको छ । भारत प्रवासमा रहने सम्पूर्ण खाले नेपालीहरुको हितलाई उच्च प्राथमिकतामा राख्दै मूल प्रवाहले आफ्नो सामाजिक दायरालाई सशक्त रुपमा फैलाएको छ । देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाको आन्दोलनमा मूल प्रवाहले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजमोलाई सगाउ