चिली । संस्थाको केन्द्रिय कार्यालय इकिकिमा नेपाली समाज चीलिको नियमित बैठक समाजका अध्यक्ष कृष्ण थापाको अधयक्षतामा बसि बिभिन्न प्रस्ताबहरुमा छलफल गरी गत अप्रैल ०४ गते सम्पन्न भएको छ ।
अध्यक्ष कृष्ण थापा सचिब अमर पुनको संचालन र सह सचिब कमल पान्दे , कोषा अधयक्ष लुद्र बुढा,लेखा परिक्षक कृष्ण खनाल,सथापक सदस्य प्रकाश भट्ट,राजेन्द्र कोइराला,सुदिप ढकाल , होम गुरुङ , बिष्णु आचार्य , सद्स्य दीपक पन्थि र अथिति गिरिराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले आगामी वैशाख १२ गते भुकम्पको केन्द्र विन्दु वार्पाकमा समेत आफ्नो संस्थाको संस्थापक डिल्लीराज घिमिरे,सदस्य सुदिप ढकालको समेत उपस्थितिमा वार्षिकीको अवसरमा अनुगमन गर्ने र सहयोगीलाई सम्मानपत्र वितरण गर्ने निर्णय समेत पारित गरेको छ ।
वैठकले साधारण सभाको मिती तोक्ने लगायत महत्वपूर्ण विषयमा छलफल गरेको छ ।
स्रोत : नेपाली समाज चिली