नेपाली देशभक्त आवाजको बैठक दिल्लीमा सम्पन्न

अर्घाखाँची डट कम संवाददाता 
भारत  । “सच्चा राष्ट्रप्रेमीहरुको आवाज नेपाली देशभक्त आवाज” भन्ने नारा लिएको नेपाली देशभक्त आवाज आफैमा स्वतन्त्र अनि गैर-राजनीतिक सामाजिक संस्था हो | बैदेशिक रोजगारीको शिलशिलामा भारत हुदै तेस्रो मुलुकमा रहेका बिर नेपालीहरुको जत्था जसले देश, समाज र जनताको हितका लागि बुलन्द आवाज उठाउदै आएको छ र निरन्तर उठाई रहने छ । 
हाम्रो देश नेपाल दुइ ढुंगा बिचको तरुल हो देश गुलाम नभएता पनि हामीहरु गुलाम हुनुपरेको छ हामि देश हाँक्ने कुरा गर्दैनौ तर केहि सक्दो सुधार गर्न सक्छौ भन्ने धारणा सहित अप्रेल ३ गते आइतबार को दिन बैठक भारतको राजधानी दिल्ली स्थित राष्ट्रपति भवन र इन्डिया गेटकोको बिचमा पर्ने राजपथमा सम्पन्न गरिएको थियो । 
देशको स्वतन्त्र जोगाउन नेपाली देशभक्त आवाजका सबै पदाधिकारीहरुले सम्पूर्ण नेपाली हरुलाई एकजुट गर्नको लागि बिशेष कार्यक्रमको तयारि गर्दै छ किनकि हामि मध्ये कुनैपनि एक्लो ब्याक्ति त्यति स्मार्ट हुन सक्दैन जति हामि सबै मिलेर हुन सक्छौ ।  
बिदेशमा छरिएर रहेका लाखौ नेपालीहरुको जल्दा बल्दा समस्या हरुलाई सबै नेपालीहरु मिलेर नै समस्याका समाधान गर्न सक्नु पर्छ सधै सरकार र सरोकारवाला हरुको मात्र मुख ताक्ने बानीले हामि पछि परेका छौ यो प्रवृति लाइ हामीले आफ्नो मन मस्तिस्क बाट सदाको लागि हटाउनु पर्छ भन्दै संस्थाले अहिले सम्म नशामुक्ति अभियान लाइ मुख्य प्राथमिकता दिएको छ यो नशा मुक्ति अभियान लगायत प्रवासमा बसेका नेपालीहरुको प्रतिभा जस्तै खेलकुद, कलाकारिता, पत्रकारिता आदि इत्यादि लुकेका लुकाइएका प्रतिभाहरुको खोजि गरि जनमास सम्म पुर्याउने छ। 
संस्थामा अहिले तदर्थ समिति लाइ कायम गरि गोप्य राखिएको छ उक्त बैठकमा नब युवाहरु जसमा बाबु रोका मगर, नन्दु घिमिरे, पदम गाहा मगर, हरि रोका मगर, अर्जुन थापा, अमृता बराल,माया तामांग सिता,तामांग प्रदिप बेलबासे, बिष्णु बेलबासे, निराजन महोत्रा, बिरु पुन मगर, माधब बेलबासे, कुल बहादुर सिंजाली मगर को उपस्थिति रहेको थियो । 
नेपाली देशभक्त आवाज संस्थाले कसैको पनि बिना कारण बिरोध गर्ने छैन तर राष्ट्र र समाज प्रति आँच आउने तरिकाले कुनै पनि संघ संस्था, ब्याक्ति, राजनीतिक पार्टी होस या कुनै देशको कुराहोस उसले गलत गरेमा सबैको घोर बिरोध गर्ने छ ।