अर्जुन खनाल/नयाँ दिल्ली – नेपालको छिमेकी देश भारतमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुको अभिभावक अखिल भारत स्वतन्त्र महासंघको संयुक्त बैठक आईतवार भारतको राजधानी नयाँ दिल्ली स्थित करोलबागको होटल मुमेन्ट्समा सम्पन्न भएको छ।
कार्यक्रममा साईकृपा च्यारिटेवल ट्रस्टका बिष्णु के सि ,हेल्प नेपाली मिसनका कवि कर्की , प्रवासी नेपाली मित्र मंचका दुर्गा अर्याल ,सगरमाथा च्यारिटेवल ट्रस्टका दिल खत्री ,लुम्बिनी गौतम बुद्ध च्यारिटेवल ट्रस्टका दिपक जिसि ,प्रवास नेपाल जनकल्याण समितीका ओमकार शर्मा ,श्री पशुपति सम्पर्क मंचका तुल्सी ढकाल र रमेश शर्मा ,गुरुङ सेवा समितीका प्रतिनिधि ,नेपाली सेवा समितीका प्रतिनिधि ,नेपाली संस्कृतिक परिवार प्रतिस्ठान भारतका राजेश कोईराला ,श्री पशुपति शिव मन्दिर समिति जैतपुरका प्रतिनिधि ,श्री बागेश्वरी मन्दिर समिति ,सुदुर पश्चिम सम्पर्क समितिका प्रतिनिधि ,प्रवासी नेपाली प्रेरणा समिति बिष्णु पाण्डे ,अर्नोवर,वर्निङ नेपाल युथ क्लब दिल्ली आदि संघ संस्थाका पदाधिकारीको उपस्थिति संगै पत्रकार ,बुद्धिजिवी , समाजसेवी आदिको उपस्थिति बाक्लो देखिन्थ्यो ।
सोही अवसरमा महासंघले तत्कालीन कार्य र उद्देश्य पनि प्रस्तुत गरेको थियो जुन यसप्रकार रहेका छन ।
१- भारतभरी छरिएर रहेका सम्पूर्ण प्रवासी/ आप्रवासीनेपालीहरुका सबैखाले दु:ख,कष्ट,पीरमर्काहरुमा एकाकार बन्दैवउनीहरुका हकहित र अधिकार रक्षाको विषयमा सचेत र सतर्क बनाउदै संघर्ष गर्न प्रेरित गर्ने।
२- प्रवासी तथा आप्रवाशी नेपालीहरुले संचालन गरेका सबै संघ/संस्था र संगठनहरुको बीचमा एकता र आपसी सदभाव पैदा गराउदै महासंघमा आवद्ध हुन आहवान गर्ने।
३- नेपालमा राष्ट्रिय महत्व राख्ने विषयहरु जस्तै : नयाँ संविधान,
संघियता, राज्यको पुनर्संरचना, जातिय, क्षेत्रीय, भाषिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार लगायत भारतमा हामी नेपालीहरुले भोग्नु परेका समस्याहरु हामीले पाउनुपर्ने ,अधिकारहरु र विभिन्न समयमा नेपाल सरकार र भारत सरकारका बीचमा भएका सन्धि- सम्झौतहरुका सकारात्मक र नकारात्मक वा कमीका बारेमा वृहत खालका गोष्ठी, अन्तरक्रिया, वहस,
छलफल आदी संचालन गर्दै र साझा धारणा बनाउन पहल गर्ने।
४- भारतमा संचालित नेपालीहरुका संघ/ संस्था र संगठनका लक्ष्य, उदेश्य र आपसी तालमेलका विषयमा खुल्ला छलफल, वहस, अन्तरक्रिया गराई आपसी सदभाव र मजवुत एकता गराउन पहल गर्ने।
५- प्रवासी/ आप्रवासी नेपालीहरु माथि हुने विभिन्नखाले दमन, उत्पीडन, अन्याय, अत्याचार, अपमान आदि कुराहरुमा सामुहिक रुपमा गर्न सकिने पहल र संघर्ष गर्ने खालको वातावरण तयार गर्ने साझा मंच नभएको जुन अवस्था र अभाव रहेको छ, त्यो अभावलाई यस महासंघले पुरा गर्दै सबैलाई एउटै मन्चमा ल्याएर सामुहिक पहल बढाउने कुरामा निर्वाध रुपमा महासंघले स्वतन्त्र मंचको भूमिका
निर्वाह गर्नेछ।
६- विभिन्नखाले संघ/ संस्थाहरु खोलेर आर्थिक मुनाफा मात्रै गर्ने
व्यवसायिक कार्य मात्र गरेको आरोप एकातिर स्वतन्त्र संस्थाहरुलाई लाग्ने गरेको र यदाकदा त्यसखालका गतिविधि हुने गरेको स्थितिमा त्यस्ता खालका गतिविधिको अनुगमन र निरिक्षण गर्ने निकाय पनि नभएको स्तिथिमा त्यस्ता खालका गतिविधिको अनुगमन, निरीक्षण र निराकरण गर्दै स्वतन्त्र सामाजिक संस्थाहरुको बीचमा मजवुत एकता कायम गराउन वृहतखालका कार्यक्रम जस्तै : राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद, ब्यापारिक, औधोगिक, पर्यटन लगायतका कार्यक्रमका योजना बनाई नेपाली दुतावासको सहयोग लिई सबै संघ/ संस्था र संगठनको बीचमा सहजता र मित्रता कायम गराउन विशेष पहल गर्ने।
७- चेतनामुलक कार्यक्रम जस्तै-: एच. आई. भी. एड्स ,सरसफाई,महिलाहिंसा , महिला बेचविखन ,बालबालिका , बालमजदुर लगाएत अन्य कार्य संबंधित अन्तरक्रिया छलफल र उद्दारका कार्यहरु गर्ने।
८- पत्रपत्रिका, नेट, इन्टरनेट, इमेल, टूइटर, फेसबुक मार्फत जनचेतनामुलक संदेश प्रवाह गर्ने।
९- विभिन्नखाले सृजनात्मक क्रियाकलाप जस्तै : कलात्मक प्रतियोगिता, वादविवाद, हाजिरीजवाफ प्रतियोगिता, नृत्य, गित प्रतियोगिता र पुस्तक पत्रपत्रिका, म्यागेजिन आदी प्रकाशन गर्ने विभिन्न संस्थाहरुलाई गर्न प्रोत्साहन गर्ने।
१०- जातीय, क्षेत्रीय, लैंगिक, भाषिक, सांस्कृतिक, रुपमा रहेको विविधता र एकतर्फी सोंच र चिन्तनलाई निराकरण गरिराष्ट्रिय सदभाव, मेलमिलाप र मित्रताको भावना पैदा गराउन एक आपसमा विभिन्न कार्यक्रम गर्ने र गराउन विशेष पहल गर्ने।
११- युवाहरुको बौद्दिक, शारिरीक र मानसिक विकास गर्नको लागि खेलकुदहरू जस्तै : भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन आदी संचालन गर्ने।
१२- चेलीवेटी बेचबिखन, महिला हिंसा लगायत महिलामाथि हुने अन्यायपूर्ण व्यवहारको विरुद्ध महिला सशक्तिकरणका कार्यक्रम गर्ने। चेलीबेटी वेचविखन जस्तो जघन्य अपराधलाई
रोक्न दुतावास मार्फत नेपाल सरकार र भारत सरकारको सम्वन्धित निकायमा विशेष पहल गर्ने र कडा संघर्ष गर्ने।
१३- साहित्य, संस्कृति र परम्पराको पहिचान, संरक्षण र सम्वर्धन गर्न विभिन्नखाले कार्यक्रमहरुको आयोजना गर्ने र गराउन पहल गर्ने।
१४- कला संस्कृतिको संरक्षण, सम्वर्धन र विकास गर्न लोकगित प्रतियोगिता सांस्कृतिक कार्यक्रम, सांस्कृतिक महोत्सव गर्ने र त्यसमा सबै भेषभुषा, भाषाभाषीका समुदायको सहभागिता गराउन विशेष जोड गर्ने ।
१५- विभिन्न राष्ट्रभक्तिपूर्ण लोकगित, पपगीत, आधुनिक गित, स्वदेशगान, चलचित्र आदिको संरक्षण, सम्बर्धन, प्रदर्शन र विकासमा जोड दिने।
१६- देशभक्तिपूर्ण अडान सहित विशिष्ट व्याक्तित्व बनाउन सफल साहित्यकार, कवि, कलाकार, अभिनेता, गायक, गायिका, संगीतकार, व्यङ्ग्यकार, पत्रकार, प्रशासक, कर्मचारी आदिलाई सम्मान र अभिनन्दन गर्न जोड गर्ने।
१७- सबै क्षेत्र र भाषाभाषीका कलाकार र संस्कृतिलाई भारतमा जमघट गराई सबैका संस्कृति र कलाको प्रदर्शन गराई राष्ट्रिय सदभाव र एकता कायम गराउन पहल गर्ने।
१८- अशक्त, अपाङ्ग र द्धनद्धपिडित हरुलाई आपतकालीन कोष महासंघले बनाउने र सम्वन्धित निकायमा सहयोगको लागि पहल गर्ने।
१९- रक्तदान कार्यक्रम वर्षमा एकपटक गर्ने र ब्लड बैंक स्थापनको लागि पहल गर्ने।
२०- बालश्रम अन्त्यको लागि विशेष पहल गर्ने, भारतमा सर्कस लगायत विभिन्न ठाउँमा बन्धक बनाईएका बालबालिकाहरुलाई उद्धार गरि नेपालमा पठाउने वा वैकल्पिक व्यवस्थाको लागि पहल गर्ने।
२१- वैदेशिक रोजगार अन्तर्गत विभिन्न मुलुकमा पुगेका नेपालीहरु र उनीहरुले उनीहरुले संचालन गरेका संघ/ संस्थाहरु संग निरन्तर सम्पर्क सम्वन्ध स्थापित गर्दै जाने र “अन्तरास्ट्रिय महासंघ ” बनाउन विशेष पहल गर्ने।
२२- प्रवासी तथा आप्रवासी नेपालीहरुले संचालन गरेका विभिन्न औधोगिक, व्यापारिक, व्यावसायिक कामहरुको
व्यापक प्रचार- प्रसार र थप उत्पादन कार्यमा लाग्न प्रोत्साहन गर्ने र औधोगिक व्यापारिक महोत्सवहरु आयोजना गर्न पहल गर्ने।
२३-उद्योगी व्यवसायीहरुको बीचमा अनुभव साटासाट गर्न अन्तरक्रिया तथा अन्तरसंवाद गराई एकता अनि सहजता कायम गराउन पहल गर्ने।
२४- नेपाल- भारत बोर्डरमा हुने समस्याहरुलाई अन्त्य गरि सहज वातावरण निर्माण गर्न सम्वन्धित निकायसंग पहल गर्ने।
२५- नेपाल- भारत रेमिटान्स सुविधालाई व्यवस्थित र सरल बनाउन भारत सरकारको सम्वन्धित निकायमा नेपाली दुतावास मार्फत पहल गर्ने।
२६- भारत- नेपाल फोन कललाई सुलभ, सुपथ र सरल बनाउन भारत सरकारको सम्वन्धित निकायमा नेपाली दुतावास मार्फत पहल गर्ने।
२७- नेपालीहरुलाई भारतीय परिचय- पत्र नहुँदा हरेक क्षेत्रमा पर्न जाने अप्ठ्यारोलाई समाधान गर्न उपयुक्त र मान्यखालको परिचय- पत्रको व्यवस्था गर्न नेपाली दुतावास मार्फत पहल गर्ने।
२८- भारतमा रहेका नेपालीहरु आफ्नो देशको मतदान प्रक्रियाबाट वन्चित बनिरहेका छन्। भारतमा रहेका नेपालीहरुलाई मतदान प्रक्रियामा सहभागी बनाउनको लागि बैकल्पिक व्यवस्था गर्न नेपाली दुतावास मार्फत नेपाल सरकार संग माग गर्ने।