अर्जुन खनाल / नयाँ दिल्ली – भारतको हरियाणा राज्यको गुणगावँ स्थित नेपाली सांस्कृतिक परिवार प्रतिष्ठान भारतले नेपालीहरुको नव बर्षको अवसर परेर नि:शुल्क संस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सांस्कृतिक प्रतिष्ठानले उक्त कार्यक्रमको आयोजन गरे पनि विभिन्न संघ संस्था एवम ब्याक्ति मिलेर छुट्टै आयोजक समिती बनाएर गर्न लागिएको बताईएको छ ।
विभिन्न समयमा कुनै न कुनै अवसर परेर भारतमा रहेका केही संघ संस्थाले आफ्नो देशको कला संस्कृतिको जगेर्ना गर्नु आफ्नै दाईत्व बताउदै संस्कृतिक कार्यक्रमहरु गर्दै आएका छन । नेपालका ख्याति प्राप्त लोकपप गायक अर्जुन कौशल, लोकगायिका जमुना राना कलाकार शिलु भट्टराई , मिलन बिसी , राम गहतराज धुर्ब राना र स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन ।
कार्यक्रम यहि अप्रैल १०तारिक तद्नुसार चैत्र २८ गतेको दिन नयाँ दिल्ली गुडगाँव रोडको एयरफोर्स स्टेशन नजिकैको स्वागतम गार्डनमा हुनेछ । उपस्थित दर्शकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण एवम औषधी समेत बितरण गरिने उक्त कार्यक्रमको संचालन सितल शर्मा र राजेश कोईरालाले संयुक्त रूपमा गर्नेछ्न ।भारतमा छरिएर बसेका सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाईदिन आयोजकले आह्वान पनि गरेको छ ।