शेयर बजार सकारात्मक

साताको अन्तिम दिन विहीबार पनि शेयर बजार सकारात्मक रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले धनात्मक रहेर १३ सय ७७ दशमलव चार दुई कायम भएर थामियो ।
यसदिन आधा समूह हरियो रहे भने आधा समूह रातो रहे । बीमा, वाणिज्य बैंक, वित्त र उत्पादनमूलक समूह हरियो रहेका हुन् भने जलविद्युत्, होटल, अन्य र विकास बैंक समूह रातो रहेका हुन् ।
बीमा समूह सबैभन्दा उच्च ३९ अंकले उक्लियो भने जलविद्युत् समूह सबैभन्दा उच्च झन्डै १० अंक बराबरले ओर्लियो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २३ कम्पनीको ९ लाख ८० हजार बराबर कित्ता शेयर ५६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – इमेजखबरमा समाचार छ ।