मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिमा एलजी ब्राण्डको नयाँ शोरुम सञ्चालनमा आएको छ । शंखधर चोकको टीभी प्वाइन्टमा छुट्टै ठाउँको व्यवस्था गरी शोरुम सञ्चालनमा ल्याएको हो । नयाँ शोरुम सञ्चालन भएसँगै भक्तपुरका उपभोक्ताहरु एलजी ब्राण्डका टीभी, रेफ्रिजेरेट, वासिङमेसिन, मोबाइल देखि अन्य घरायसी सामग्रीहरु जिल्ला मै खरिद गर्न सक्ने भएका छन् ।
हामी भक्तपुर जिल्लालाई ईलेक्ट्रोनिक्स सामानहरुको गन्तव्य बनाउनेमा अभियानमा लागेका छौं । नयाँ शोरुम सञ्चालन भएसँगै एक त जिल्लाका उपभोक्तालाई सहज भएको छ अर्कोतर्फ इलेक्ट्रोनिक्स गन्तव्यको उद्देश्यलाई टेवा पु-याउने पक्का छ । टीभी प्वाइन्टका सञ्चालक तथा भक्तपुर विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिए । काठमाडौंलाई भक्तपुर जोड्ने ६ लेनको सडकले समेत जिल्लालाई इलेक्ट्रोनिक्स गन्तव्य बनाउने अभियानमा सहयोग गरेको अध्यक्ष मानन्धरले दाबी गरे ।
नयाँ शोरुममा लक्की ड्र, बम्पर उपहार योजना देखि हरेक सामान खरिदमा विशेष छुटको व्यवस्था गरिएको छ । सर्वसाधारण जनताको जीवनयापन सहज बनाउने उद्देश्यसहित इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्दै आएको एलजीले देशभरका अधिकांश जिल्लामा आफ्ना ब्राण्ड शोरुम शुरु गरिसकेको छ । कम्पनीले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
भक्तपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष केपी अवालले शुक्रबार एक कार्यक्रमकाबीच नयाँ शोरुम उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन गर्दै उहाँले समग्र भक्तपुरबासीको सुविधालाई मध्यनजर गरी नयाँ योजना शुरुवात भएको बताउनुभयो । आर्थिक, सामाजिक रुपान्तरणको लागि समेत यस्ता कार्यले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । अध्यक्ष अवालले नयाँ शोरुमबाट सहुलियत दरमा इलेक्ट्रोनिक्स सामग्री खरिद गरी सुविधासम्पन्न जीवनयापनको लागि आव्हान पनि गर्नुभयो । कार्यक्रममा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष, भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी, एलजी कम्पनीका बजार व्यवस्थापक प्रमूख, पत्रकार तथा अन्य बुद्धिजीवीहरुको सहभागिता थियो ।