धादिङको मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट-१ मलेखुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। 
 
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ८७३२ नम्बरको ट्रकले बा ६१ प ११५१ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन घर भई आदमघाटस्थित राजमार्ग सुरक्षा सशस्त्र प्रहरी क्याम्पमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
 
दुर्घटनामा घाइते भएका पाठकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस  

अन्य समाचारहरु