राजु खनाल
रोजगारको सिलसिलामा साउदी अरबको रियाद स्थित अलमराई कम्पनीमा रहेका नेपालीहरुले नया बर्ष २०७३ को सुखद उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरेका छन ।
नेपाली मौलिक संस्कृतिको धरोहरलाइ बचाइ आउदा सन्ततीलाइ हस्तान्तरण गर्न नेपालीको दाइत्व हुनुका साथै नेपाली कला सस्कृति रितिरिबाज लगायतको संरक्षण गदै नेपालको उन्नती प्रगती समृद्धी र बिकास चुम्ने आधार निर्माण नयाँ बर्ष २०७३ले प्रदान गरोस । साथै बिश्व मानब समुदायमा शान्ती अहिंसा समानता बिबेकपुर्ण न्याय प्रेम प्राप्त गर्ने आधार बनोस ।
बिश्वलाइ बिश्वशान्तीको पथमा अघि बढ्न नयाँ बर्षले दिनेछ भनी गित,गजल कबिता प्रस्तुत गरिएको सो कार्यक्रम प्रबासी नेपाली मन्च,साउदी अरेबिया का का.बा. महासचिव अमर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन भएको थियो ।