नेपाली समाज चिलीको नयाँ वर्ष २०७३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अमर पुन 
चिली, इकिके । नेपाली समाज चिलीले नया वर्ष २०७३ को शुभकामना आदान प्रदान कार्यक्रम “माउन्ट एभरेष्ट रेस्तुरेन्ट”इकिकि सम्पन्न गरेको छ । 
नेपाली समाज चिलीले आयोजना गरेको कार्यक्रममा चिलीको उत्तरी शहर इकिकेमा रहने सम्पुर्ण नेपालीहरुको उपस्थिति थियो । 
नेपाली समाज चिलीको अध्यक्ष कृष्ण थापाको अध्यक्षता रहेको कार्यक्रममा संस्थाको  तर्फबात सबै उपस्थित नेपालीलाई नयाँ वर्षले नयाँ जोस,जागरका साथ अगाडि वढ्न आवस्यक रहेको भन्दै कसैलाइ रोग भोक र सोक नपरोस भन्दै शुभकामना मन्तव्य दिनु भएको थियो । 
युवाहरुको तर्फबाट गिरिराज पाण्डे र महिलाहरुको तर्फबाट इच्छा गुरुङले स्वागत मन्तव्य दिनु भएको कार्यक्ममा उपस्थित सबैले शुभकामना आदन प्रदान गर्नु भएको कार्यक्रमको सन्चालन समाजका सचिब अमर पुनले गर्नु भएको थियो । 
अन्त्यमा कार्यक्रमको समापन गर्दै संस्थाले तत्काल नयाँ बर्ष २०७३ को अवसरमा समाजको सदस्यता लिने ईच्छुक चिलीवाँसी नेपालीलाई सदस्यता शुल्क नलाग्ने जानकारी गराउदै कार्यक्रम समपन्न भएको थियो । 
– तस्वीर अमर पुन/पिएसएम नेपाल