साउदी अरबको रियादस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतमाथि छुरा प्रहार

साउदी अरबको रियादस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्द प्रसाद शर्मा माथि छुरा प्रहार भएको छ ।
उनकै कार्यकक्षमा छुरा प्रहार भई सांघातिक आक्रमणबाट उनी घाइते भएको  साउदीस्थित नेपाली दूतावासले जनाएको छ।
सोही राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उनीमाथि आक्रमण गरेको दूतावासले जनाएको छ। परराष्ट्र मन्त्रालयले कुटनीतिक पदाधिकारी माथि भएको यस घटनाको भर्त्सना गरेको छ। शर्माको किङ् फइसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको  छ ।
उनको अवस्था खतरामुक्त रहेको  राजदूतावासले जनाएको छ। आक्रमण गर्ने व्यक्तिलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कानुनी कारवाही अगाडि बढाइसकेको छ । सेतोपाटीमा समाचार छ ।