युबराज के.सी
सेवा नै धर्म हो भन्ने मुल उद्धेश्यका साथ स्थापित नेप्लिज वेल्फेर सोसाइटीले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम मनाउने भएको छ ।
नेप्लिज वेल्फेर सोसाइटी बहराइनले सेवा नै धर्म हो भन्ने मुल उद्धेश्यका साथ स्थापित नेप्लिज वेल्फेर सोसाइटीले यहि आउँदो २९ अप्रैल २०१६ शुक्रबारको दिन १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम मनाउने भएको हो ।
यस अघि नेप्लिज वेल्फेर सोसाइटी बहराइनले बहराइनमा भुकम्प पीडित प्रधानमन्त्री राहत कोषमा पहिलो ११ लाख र दोस्रो १४ लाख गरि २५ लाख प्रधानमन्त्री राहत कोषमा पठाएको थियो ।
यसै स्कुल निर्माण गर्नको निम्ति एक धाधिङ स्कुलमा ५६ हजार र आर्को सिन्धुपाल्चोक स्कुलमा ८५ हजार सहयोग गरेको थियो ।
यस सस्थाले युबराज के.सीको सयोजक र यादव देवकोटाको ब्यवस्थापनमा बहराइन सल्मानिय हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
यसैक्रममा आउँदो २९ अप्रैल २०१६ शुक्रबारको दिन १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बहराइनमा हुने बृहत् साँस्कृतिक कार्यक्रम सबैको उपस्थिती हुनको लागि नेप्लिज वेल्फेर सोसाइटी बहराइनले सबैमा अनुरोध गरेको छ ।