नेपाल-भारत सम्बन्ध तथा सन् १९५० को सन्धीबारे दिल्लीमा बृहत कार्यक्रम सम्पन्न

 बाबु रोका मगर 
नया दिल्ली । नेपाल भारत सम्बन्ध तथा सन् १९५० को सन्धीबारे आइताबर दिल्लीमा बृहत कार्यक्रम आयोजना गरिएको थियो । भारतमा रहेका नेपालका राजनीती दलका निकट संगठनहरु अखिल भारत नेपाली एकता मंच , नेपाली एकता समाज र प्रवासी नेपाली संघ भारत को संयुक्त आयोजनामा गरिएको थियो  ।
भारतको राजधानी दिल्लीको आइटिओ नजिक रहेको राजा राममोहन मेमोरियल हलमा स्थित दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म नेपाल र भारत बिच रोटि बेटी को मात्र नभई माटो को पनि त्यतिकै महत्व रहेको नेपाल भारत बीच रहेका सन्धि सम्बन्ध वारे चर्चा गरिएको थियो । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा एमाओवादी महासचिव कृष्ण बहादुर महराले मन्तब्य को क्रम मा नेपाल  भारत को संबंध लाई पुरानो तरीका ले होईन नया तरीका ले सोच्नु पर्छ भन्नु भएको थियो ।
नेपाल भारतका जनता बीचको सम्बन्ध सुमुधुर छ वरिष्ठ पत्रकार आनन्दस्वरुप बर्मा ले यो सन्धि को बारेमा भारतले तुरुत पहल  गर्नु पर्ने मन्तब्य को राख्नु भएको थियो । उक्त कार्यक्रममा ऐमाओवादीका  बिदेश बिभाग सदस्य  टी बी पाठक भारतीय नेता तथा भाईचारा लगायत ले दुवै देश बिच सकारात्मक मैत्रीक सम्बन्ध कायम राख्नको लागि सबै राजनैतिक तथा सामाजिक ब्याक्तित्व हरुको अहम भूमिका हुनु पर्ने भन्दै मतब्य राख्नु भएको थियो  ।
कार्यक्रमको अध्यक्षतामा ईश्वरी भण्डारी रहनु भएको थियो भने स्वागत मनतब्य सूर्य बस्यालले गर्नु भएको थियो र सो कार्यक्रम संचालन लक्षमण पन्त ले गर्नु भएको थियो  ।
world news