राजतन्त्र समर्थक हरुको मास्टर माइन्ड हरुले सार्वजनिक मीटिंग गरेको कमै पाइएको छ। यी व्यती हरुले आखिर के खोजि रहेका छन् नेपालमा।
नेपाल मा पटक पटक राजतन्त्र फिर्ता आउने नारा र विचार हरु चलिनै रहेका छ। हुन त राजतन्त्र औपचारिक रुप मा समाप्त भएको आठ वर्ष नै भै सक्यो। यसै बीच नेपाल सरकार का पररास्ट्र मन्त्रि कमल थापा अमेरिका मा देखिये। उनि राजधानी मा वाशिंगटन डी सी मा र न्यु योर्क मा धेरै नेपाली हरुलाई भेटेका छन। वाशिंगटन डी सी को एक समारोह मा कमल थापा देखिए आशुतोष श्रीवास्तव संग। देखिने हरुमा अरु थिए एन आर एन का थुप्रै पदाधिकारी हरु। सन् २००८ मा राजतन्त्र सकेको बेलामा अमेरिका बाट एउटा चर्को आवाज उठेको थियो राजतन्त्र र हिन्दु राज्य को पक्षमा। त्यो संस्था थियो सयुंक्त रास्ट्रवादी नेपाली। डी सी मा देखिए थापा संस्था का संस्थापक आशुतोष श्रीवास्तव संग भाला कुसारी गर्दै।
यो संस्था अचानक शिथिल किन प्रस्न पहिले भारतको सिक्किम टाइम्स मा आइ सकेको छ। स्मरड रहोस राज संस्था को पुनारास्थापना नेपाल को लागि घातक हुने धेरै ले भनि सकेका छन। पहिले अमेरिका मा राजा को खुला समर्थन गर्ने माथिए श्रीवास्तव र उनले जोडेको टीम जसमा डाक्टर कमल पाण्डे जस्ता न्यु योर्क का परिचित बेक्तिव्त्व, टेलिभिजन पेर्सोनालिटी रमासिंह, बिशाल शाह, भारत केसर सिंह का भाइ बिराट सिम्ह र नेपाल सरकार का पूर्व मुख्य सचिव दिवाकर पन्त। आखिर किन भेट घाट भयो त थापा र श्रीवास्तव बीच। संगै देखिए राजा बिरेन्द्र र ज्ञानेन्द्र क खास र पुर्व पत्रकार क्रिष्ण राज पाण्डे। साहित्यकार कमला प्रसाई पनि यस संस्था कि संस्थापक मध्ये एक हुन्। राजतन्त्र को समर्थन का कारण उनले पटक पटक INLS नामक साहित्यिक संस्था बाट आलोचना पाएकी छिन।
हार्वर्ड विस्वविद्यालय मा पढिरहेको बेला राजा ज्ञानेन्द्र लाई हार्वर्ड विस्वविद्यालयमा आएर भासन गर्न श्रीवास्तव ले राजा लाई विस्वविद्यालय को प्रोपोसल लिएर गएको खुलासा भएको थियो। यसै बीच श्रीवास्तव ले लण्डन को क्याम्ब्रिज विस्वविद्यालय सँग पनि निम्तो पठाएको थिए। ज्ञानेन्द्र र श्रीवास्तव को बीच मा के कस्ता कुरा हरु भएका छन् भन्ने अनुमान मात्र गरिएको छ।
भारत को बी जे पी का नेता सुब्रमनियम स्वामी सँग घनिष्ट मित्रता राखने श्रीवास्तव ले ज्ञानेन्द्र र बी जे पी को अनौपचारिक म्यासेज आदान प्रदान गर्ने गरेका छन। यसै बीच २०१२ को सम्भिधान सभा को म्याद सकिने दोस्रो दिन
राजतन्त्र को वेबसाइट बनाउन श्रीवास्तव लाई ज्ञानेन्द्र ले आदेश दिएका थिये। हिन्दुस्तान टाइम्स र बी बीसी का अनुसार सो वेबसाइट मनीषा कोइराला ले बनाएको खबर मा आएको थियो तर पछि को खबर मा त्यसलाई सच्चाइयो। मनिषा कोइराला र श्रीवास्तव को बीच मा कुरा हरु पनि गोप्य नै छन्। आफुलाई राजनीति मा एक्टिव न भन्ने तर पछाडी राज तन्त्र को सपोर्ट गर्ने मनिषा को चर्चा मेडिया मा आउने गरेको छ।
के सयुंक्त रास्ट्रवादी नेपाली र अहिले थुप्रै नयाँ राजावादी संगठन हरुले साँठ गांठ गर्ने प्लान छ? यो प्रश्न को उत्तर त सायद छिटै नै आउला। तर के येस्ता राजावादी को झुण्ड ले ल्याएको परिवर्तन स्थायी हुन्छ? कमल थापा को अमेरिका भ्रमण र पटक पटक भारत भ्रमण सरकारी काम ले मात्र हो भन्न अलि अपचिलो छ। सरकारी काम संग संगै थापा ले राजतन्त्र र हिन्दु राज्य को पक्छ मा अवस्य पहल गरि रहेका छन।