युबराज के.सी
बहराइन । नेप्लिज वेल्फेर सोसाइटी बहराइन ले शालिकराम पन्तको सभापतित्व एवम् नेपाली एम्बेस्सी बहराइन का कार्यवाहक राजदुत खगराज पान्डेको प्रमुख अतिथिमा सास्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ।
नेप्लिज वेलफर सोसाइटी को ट्र्स्ट निर्माण को साथै मे १ को अवसर पारी गरिएको उक्त्त कार्यक्रम को उद्घाटन अध्यक्ष शालिकराम पन्त एवम् नेपाली एम्बेस्सी कार्यबाहक राजदुत खगराज पान्डेले गर्नु भएको थियो सो कार्यक्रम रास्टिय गान बाट सुरु गरियको थियो भने उक्त कार्यक्रम मा बिशेस अतिथी समाजसेवी गम बहादुर गुरुङ,एवम् सो ट्रस्ट निर्माण सहयोगीहरुले गर्नु भएको थियो भने अतिथीहरु मा एनआरएन बहराइन नेपाली क्लब बहराइन , विभिन्न संघसंगठनका प्रमुखहरु को रहेको थियो।
सो कार्यक्रम सुरुमा हिमाल पान्डे बाट संचालित गरि कार्यक्रमको विशेष संचालक लोक तथा दोहोरी गायक असिम महत ले गर्नु भयको थियो भने संचालन हिमाल घिमिरे र मोहम्मद खुसिधिन ले गर्नु भयको थियो भने बहराइन मा अहिले सम्मकै भब्य कार्यक्रम को रुम मा हेरियको कार्यक्रम मा १ हजार रोजगारि का रुप मा रहेका नेपालीहरु को उपस्थित थियो।
कार्यक्रम मा फिलिपिनि नागरिक जोडी चुबी र पौल ले साल्सा नृत्य प्रस्तुत गरेका थिए भने भारतिय बालबालिकाले पहिचान समेटियको क्लासिक नृत्य प्रस्तुत गरेका थिय। चौबन्दी चोली भन्ने गित लियर नेपाली सकिरा भनेर चिनियकी इन्दिरा जोसि मन्च मा उक्लिदा दर्सक खुब तातियका थिय । तेसै गरि क्याम्पस पढ्न आउनी बोल को गित लियर राधिका हमाल मन्च उक्ले पछि नृत्य गर्ने को मंच मा खाली ठाउँ रहेन।
गितकार तथा संगीतकार तारा प्रकाश लिम्बू ले पनि आधुनिक तथा फिल्म गीतहरु ले दर्सक तताउन सफल भय। Dxn बहराइन ले पनि नेपाली सस्कृती झल्काउने समूह मन्च मा उतारेको थियो भने स्थानीय कलाकारहरु ले पनि आ आफ्नो प्रतिभा देखाउने मौका को राम्रै सदुपयोग गरे। सो कार्यक्रम मा उपस्थिति पाउनाहरुला सस्थाका सल्लाहकार यादव देवकोटाले शुभकामना मन्तव्य दिनु भएको थियो भने सोही कार्यक्रममा बोल्दै कार्यबाहक राज्दुत पान्डे ले बिदेस मा बसेर पनि नेपाली सस्कृती बचाउने अभियान मा लागेको मा नेप्लेज वेल्फर सोसाइटी लाई धन्यवाद दिनु भयको थियो।एस्ता कार्यक्रम मा आफ्नो सदैव साथ र समर्थन हुने बताउदै पान्डेले राजदुतावास ले जस्तोसुकै सहयोग गर्न तयार भयको बताउनु भयो।
कार्यक्रम का सभापति तथा वेल्फियर का अध्यक्ष सालिकग्राम पन्त ले सबै को साथ र समर्थन भय नेपाली कामदार का समस्यहरु हल गर्दै अझै राम्रा कार्यक्रम गर्न सकिने बताउनु भयो भने हिमाल घिमिरेले सस्थाले गर्दै आएको काम र आउने दिनमा गरिने काम साथै नेपालीले वेल्फेर बाट पाउने सुबिधा को बारेमा सानो जानकारी गराइ नेपाली एम्बेस्सी बहराइन लाई एवम् सम्पुर्ण सहयोगिहरुलाइ विशेष धन्यवाद दिई आफ्नो मन्तव्य राख्नु भएको थियो भने।
ट्रस्ट निर्माण का लागि गरियको उक्त सास्कृतिक साझ बहराइन स्थित डेल्मोन इन्टरनेसनल होटल को प्राङ्गणमा भयको थियो।भने कार्यक्रम अहिलेसम्म बहराइन कै सबै भन्दा राम्रो भब्य र सब्य रहेको थियो भने सो कार्यक्रममा कुनै पनि गुनासो नरहेको उपस्थिति दर्शकहरू बताउनु भएको थियो भने सो नेप्लिज वेल्फेर सोसाइटी बहराइन सस्थालाइ बहराइन रहेका धेरै नेपालीले साथ दिएर हामी पनि वेल्फेर सोसाइटी मा समावेश भैइ अगाडि बढ्ने उपस्थिति दर्शकहरुको भनाइ थियो भने सो कार्यक्रम बाट उपस्थिति दर्शकलाई जेन सिम कार्ड फ्रीमा जेन कम्पनी ले बाढेको थियो सो कार्यक्रम शान्त पुर्ण भब्यताका साथ सम्पन्न भएको थियो।