शेयर बजार परिसूचक नेप्सेमा गिरावट

विहीबार पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो ।
यसदिन नेप्से करिब ५ अंकले घटेर १४ सय ६३ विन्दुमा आइपुग्यो ।
यसदिन होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । होटल समूह २० अंकले बढ्यो ।
यसदिन १ सय ३३ कम्पनीको ८ लाख ६६ हजार कित्ता शेयर ७३ करोड १७ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । – इमेजखबरमा समाचार छ ।-