सरकारले लगाएको खाडीमा आउने घरेलुु महिला कामदार माथिको प्रतिबन्ध हटेको छ ।
लामो समयदेखि रोकिरहेको घरेलु महिला कामदार सम्बन्धि निर्देशिकालाई परिमार्जन गरेर प्रतिबन्ध हटाइएको हो ।घरेलु महिला कामदारको सुरक्षा प्रत्याभूति हुने मागलाई श्रम स्विकिर्ती दिने बताएको छ ।
साथै मासिक तलब न्युनतम ३०० अमेरिकी डलर अर्थात तीस हजार भन्दा माथि हुनुपर्ने , उमेरको हकमा चौबीस बर्ष पुगेको हुनुपर्ने , एक प्रती करारपत्र दूतावासमा बुझाउनु पर्ने , मोबाईल सेट उपलब्ध गराउने प्रावधान थप गरेको छ ।
घरेलु महिला कामदार कुनै समस्यामा परे त्यसको क्षतिपुर्ती पठाउने संस्थाबाट उठाउने प्राबधान निर्देशिकामा थप गरिएको श्रम मन्त्रालयले जनाएको छ । तर निर्देशिका मात्रै परिमार्जन गरेर कार्यनयन गर्न सकिएन भने घरेलु महिला कामदारको रुपमा जानेको समस्या ज्युँका त्युँ हुने जानकारहरु बताउछन ।