गोवाका विधायकद्वारा नेपाली किशोरीमाथि

भारतको गोवाका विवादास्पद विधायक एटान्सीयो मोन्सेरेटले एक नेपाली किशोरीलाई बत्लाकार गरेको आरोप प्रहरीले लगाएको छ । भारतीय कांग्रेसबाट निस्काशित भएर हाल स्वतन्त्र रहेका र पहिले शिक्षामन्त्री समेत भइसकेका मोन्सेरेटमाथि सेन्ट क्रुजस्थित आफ्नै निवासभित्र उक्त अपराध गरेको आरोप छ ।
प्रहरी स्रोतका अनुसार आफैंले काममा राखेकी नेपाली किशोरीमाथि उनले बलात्कार गरेका थिए । किशोरीले आफ्नी कान्छीआमा र अर्की एक परिचित महिलामार्फत मोसेरेटले आफूलाई किनेको बताएकी छिन् । विधायकले आफ्नो पेय पदार्थमा अज्ञात पदार्थ मिसाइदिएको र आफू बेहोस बनेको उनको भनाई छ ।