कृषि बिकास बैंक शाखा कार्यालय खैरेनीटार तनहुंमा अनलाईन मार्फत बैंकिङ्ग कारोबारको सुरुवात

खैरेनीटार, तनहुं । यस क्षेत्रका ब्यापारी, बुद्धिजिवी तथा सम्पूर्ण सेवाग्राहिको चाहना तथा बैंकको योजना अनुसार कृषि बिकास बैंक शाखा कार्यालय, खैरेनीटार तनहुंमा अत्याधुनिक प्रबिधिको Online CBS (Temenos T24 ) जडान गरीे मिति २०७३-०१-२६ देखी अनलाईन मार्फत बैंकिङ्ग कारोबारको सुरुवात गरेको छ । 

सि.वि.एस्. जडान पछी बैंकले प्रदान गर्ने सेवामा आधुनिकरण र विविधिकरण हुनगई सेवाग्राहीले भरपुर फाईदा लिनसक्ने शाखा कार्यालयका प्रबन्धक काशीनाथ भट्टराईले जानकारी दिनुभयो । 
यस सँगै बैंकले प्रदान गर्ने सेवाहरु एविविएस सुविधा, रेमिट्यान्स, बैंक ग्यारेन्टी, बैंक ब्यालेन्स सर्टिफिकेट, एल्.सी. कारोबार लगायत सम्पूर्ण वाणिज्य बैकिङ्ग सेवाहरु थप प्रतिस्पर्धि र गुणस्तरिय हुने भट्टराईले बताउनु भयो । 

अन्य समाचारहरु