प्रत्येक प्रदेशमा श्रम कार्यालय, विदेशबाट फर्केकाको सिप परिक्षण गरी प्रमाणपत्र दिइने

सरकारले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा श्रम कार्यालय खोल्ने भएको छ । वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित र उपलब्धिमुलक बनाउन श्रम कार्यालय खोल्न लागिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रत्येक वर्ष ५० हजार युवालाई स्वरोजगार बनाउन युवा तथा स्वरोजगार कार्यक्रम थप प्रभावकारी बनाउने उल्लेख छ ।
युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेट क्षेत्र विकास कार्यक्रम एवं लघु तथा घरेलु उद्योग कार्यक्रमबिच समन्वय गरी आगामी आर्थिक वर्षबाट १० युवा एक उद्यम कार्यक्रम नमुनाका रुपमा सुरु गरिने छ । यस्तै युवालाई देशभित्रै रोजगारी प्रदान गर्ने उदेश्यले शैक्षिक प्रमाण पत्र धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित तथा भरपर्दो बनाउन आकर्षक/सुरक्षित 
गन्तव्यमा पठाउने र उनीहरुको दक्षतालाई प्रयोग गर्न नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
विकास निर्माणका आयोजनामा रेमिट्यान्सलाई प्रयोग गर्ने, दक्ष जनशक्तिको वृद्धि गर्ने, विदेशमा काम गरेर फर्केका युवाको सिप परिक्षण गरी प्रमाणपत्र प्रदान गर्ने र फर्किएकालाई आन्तरिक श्रम बजारमा आवद्ध गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।