शान्ति पुनर्स्थापना गृहद्दारा दिल्लीमा नेपाली देशभक्त आवाज र नेपाली प्रवासी संघ सम्मानित (तस्बिर सहित)

अर्घाखाँची डटकम संवाददाता (दिल्ली) 
भारतको राजधानी दिल्लीमा नेपालीहरुको जनहितमा काम गर्दै आएका संस्था नेपाली देशभक्त आवाज र नेपाली प्रवासी संघ शान्ति पुनर्स्थापना गृह द्दारा सम्मानित भएका छन् शान्ति पुनर्स्थापना गृह अमेरिका मा १९८८ मा स्थापना भएको थियो भने उक्त साखा सन् २००६ मा नेपालको काठमान्डू स्थित ललितपुरमा रहेको एउटा गैर राजनीतक सामाजिक संस्था हो जसले खास गरेर बेचिएका नेपाली चेलीबेटी हरुको उद्दार कार्यमा जुटेको छ सो संस्थाले हाल अहिले सम्म सात सय रेस्क्यु गरिसकेको छ आइतबार महिपालपुरको वेवस होटलमा एक समारोहको बिच भारतमा पनि यसै रेस्क्यु र सामाजिक कार्यमा जुटेका संस्था नेपाली देशभक्त आवाज र प्रवासी नेपाली संघ का कर्मठ पत्रकार तथा समाजसेवीहरु बाबु रोका मगर, नन्दु घिमिरे, हरि रोका मगर, दयाराम(राजु)न्युपाने,घनश्याम काफ्ले, गोपाल थापा,बिशाल थापा, राम बहादुर खड्का र देवेन्द्र भट्टराइ सम्मानित भएका हुन् |
एउटा रातो बत्ति बनेको यानी दलाल र मानव तस्करीहरुको राजधानी दिल्लीमा धेरै नेपाली संघ संस्थाहरु छन् जसमा धेरै नेपाली संघ संस्थाहरु दाम र नामको लागि मात्रै काम गर्छन नेपालीहरुले नै पैसाको लागि आफ्नै चेलीबेटीहरु बेचबिखन गर्नेमा संलग्न रहेको प्राय धेरैलाइ थाहा छ तर यसको बिरुद्द आवाज उठाउने र पिडितहरुलाई दलाल हरुको जाल बाट उम्काउने काम कसै बाट हुन नसकिरहेको अबस्थामा गत बर्ष नेपाली देशभक्त आवाज र नेपाली प्रवासी संघ भारत को बिशेष सहयोगमा शान्ति पुनर्स्थापना  द्दारा १२ जना नेपाली महिला हरुको उद्दार दिल्ली बाट भए पछि यसको प्रसंसा सिधा नेपाल बाट अमेरिका सम्म पुगेको थियो जसले आज यहि कामको प्रसंसा गर्दै ति संस्था र संस्थाका पदाधिकारीहरुलाई सम्मान गर्न अमेरिका बाट कलेट बेर्कु र गेब्रिल्ले थोम्प्सन लगायत नेपाल बाट आमा शान्ता सापकोटा, सुमन सापकोटा, अमृत ढकाल र भुमिराज भट्टराइको उपस्थितिमा कलेट बेर्कु र आमा शान्ता सापकोटा द्दारा सम्मानित गर्वको साथ अवार्ड प्रदान गरिएको थियो |
उक्त सम्मानित कार्यक्रममा कलेट बेर्कु,गेब्रिल्ले थोम्प्सन र आमा शान्ता सापकोटा लगायत उपस्थित संस्थाका पदाधिकारीहरुले चेलीबेटी बिचबिखन र समस्यामा परेका नेपालीहरुको उद्दारवारे आ-आफ्ना मन्तब्य राख्नु भएको थियो | 
कार्यक्रममा नेंपाली समाजसेवीहरुको उपस्थिति रहेको थियो सो कार्यक्रमको अधक्ष्य शान्ता सापकोटा रहनु भएको थियो भने कार्यक्रम संचालन अमृत ढकालले गर्नु भएको थियो ।