साउदी अरब । साउदी अरबको पुर्वी क्षेत्रको
जुबेल स्थित न्यु अन्नपुर्ण नेपाली रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब मातहातमा रहेको आरसिसि बिशेष अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनको प्रथम चरण क्षेत्रिय
उपाध्यक्ष ढलबहादुर थापाको अध्यक्षतामा सुरू भएको थियो भने दोस्रो चरण बिशेष
अधिबेशन समितिका
संयोजक डमर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । बिशेष अधिबेशन
समितिका सदस्य तथा एनसिसि महासचिव तेज थापाद्वार
संचलित कार्यक्रममा प्रमुख अथिति
एनसिसि अध्यक्ष नारायण पासवान हुनुहुन्थ्यो भने बिशेष अथिति ICC का
FEMWWC
संयोजक धरम के.
सी. रहनु भएको थियो । आसनग्रहण, दिप
प्रज्वलन,
राष्ट्रिय गान, शुभकामना मन्तव्य हुदै निबर्तमान
आरसिसि पुर्वी क्षेत्र क्षेत्रिय
पदाधिकारीहरूलाइ प्रसंसा पत्र बितरण गरि पहिलो
चरणको कार्यक्रम समापन भएको थियो ।
बन्दसत्रसँगै सुरू भएको दोस्रो
चरणको कार्यक्रममा बिशेष अधिबेशन समितिले समन्वय, छलफल
र परामर्स गरि सर्वसम्मतरूपमा नयाँ
कार्यसमितिको सुचि तयार पारेको थियो । चन्द्रमणि
भण्डारी अध्यक्ष्य रहेको १३ सदस्यीय समिती गठन गरिएको छ ।
नवनिर्वाचित आरसिसि
अध्यक्षलाइ एनसिसि अध्यक्ष र बाकी कार्यसमितिका
पदाधिकारीहरूलाइ नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण गराइएको थियो ।
संगठन बिस्तार र मातहातका
एलसिसिहरूको व्यावस्थापन पहिलो प्रथामिकता रहेको कार्ययोजना प्रस्तुत गर्दै
नवनिर्वाचित आरसिसि
अध्यक्षद्वारा एनसिसिले अनुसरण गरेका संस्थागत अभियानमा सहयोगि
भूमिका निर्भाह गर्ने, श्रमिक जनहित र समस्या समाधानमा केन्द्रित भै
संस्थालाइ श्रममैत्रि
बनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।



