बहराईनमा २५६० औ बुद्ध जयन्ती मनाईदै

 बहराईन । बिश्व शान्तीका अग्रदुत महामानव तथा एसिया तारा गौतम बुद्वको २५६० औ जन्म जयन्ति बुद्धिस्ट ४ महिनाको १५ तिथि अर्थात् २१ मे २०१६ आउदै गरेको  २५६० औ बुद्ध जयन्ती कार्यक्रममा बुद्ध नेपालमा जन्मिनु भएको हो भन्ने सत्य कुरालाई विश्वभरी फैल्याउने उदेश्यले हामी बहराईन बासी तामाङहरुले यो कार्यक्रमलाई विशेष रुपमा प्राथमिक्ताका साथ २००९ देखीनै मनाउँदै आईरहेकाहौ बिगतका झै उत्साहित ढङ्गले हामी बहराईन तामाङ सेवा समाज र नेप्लिज वेल्फेर सोसाईटी बहराइन,सँगै मिलिजुली सहकार्य गर्दै धुमघाम साथ आफ्नो देश देखि टाढा विदेशी भुमिमा रहेर पनि बुद्ध जयन्ति मनाउन पाउनु हाम्रो लागि गर्वको कुरा हो।बुद्ध हाम्रा हुन र हामीले  माया गर्नुपर्छ भन्ने नाराका साथ लाग्दो तिथिलाई प्राथामिक्ता दिदै र प्रदेशको समस्यालाई  मध्यनजर गरि आउँदो मे २० तारीक शुक्रवा  र बिहान ०९:०० बजे बाट दिउँसो ०३:०० बजे सम्म मनाईदै छ।
मुख्यकार्यक्रम बौद्ध धर्मअनुसार लामागुरुबाट बुद्ध भगवानको नाममा पाठपुजागरी टिका आशिर्वाद ग्रहण गरी पुजा प्रषाद र नेपाली खानाको परिकार सँगै त्यो दिन बुद्ध जयन्ति मनाईदै छ।
यसै सुचनाबाट बहराईन वासी सम्पुर्ण बौद्ध धर्म मान्ने र बुद्ध हाम्रो हुनु भनि माया गर्ने साथीहरुलाई हार्दिक निमन्त्रण सँगै २५६० औ बुद्ध जयन्तिको उपल्क्षयमा हार्दिक शुभकामना !!!
स्थान:T.H.M.C Auditorium सभाहल
मानामा बहराईन  
मिति: २० मे २०१६ 
समय: बिहान ०८:३० 
अयोजक:-
“बहराईन तामाङ सेवा समाज “
“नेप्लिज वेल्फेर सोसाईटी बहराइन”