बाग्लुङ्गमा इन्द्रमणी जनज्योती वाल विकास केन्द्र खर्वाङ्गको व्यवस्थापन समितिको वैठक सम्पन्न

अनिष पाठक
रेडियो सारथी खर्वाङ्ग बाग्लुङ्ग 
इन्द्रमणी जनज्योती वाल विकास केन्द्र खर्वाङ्गको व्यवस्थापन समितिको वैठक आज सम्पन्न भएको छ । वैठकले वाल विकास केन्द्रको भवन निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराउने स्थानिय इन्द्रमणी खरेललाई  विशेष धन्यवाद ज्ञापन समेत गरिएको थियो । त्यसैगरि वालविकास केन्द्रको व्यवस्थापनको लागि सांसद विकास कोषबाट सांसद ज्ञानकुमारी छन्त्याले रु १ लाख ५० हजार उपलव्ध गराउनुभएकोमा समेत केन्द्रले आज आभार प्रकट गरेको छ । 
संस्थाका संरक्षक समेत रहनुभएका खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समिति, सल्लाहाकार लगाएत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । वैठक केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष्य सुवेदार रत्नबहादुर क्षेत्रीको अध्यक्षता एंव सहजकर्ता तारा रानाको संचालनमा सम्पन्न भएको थियो ।।

अन्य समाचारहरु