आज १० खर्ब बढीको जम्बो बजेट सार्वजनिक हुँदै

चीनतर्फका नाका पूर्वाधारमा उल्लेख्य रकम
किसानलाई सामाजिक सुरक्षा, पत्रकारलाई पेन्सन
रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको डीपीआर
फास्टट्रयाक आगामी वर्षबाटै सुरु गर्ने घोषणा र बजेट
काँकडभिट्टा-बुटबल सडक ४ लेनमा विस्तार
ज्येष्ठ नागरिक स्वास्थ्य बिमा घोषणा र बजेट
गाविस र नगरपालिकामा अनुदान रकममा वृद्धि
आफ्नो गाउँ आफैं बनाऊँ कार्यक्रम ब्यूतिँदै
पुनर्निर्माणलाई यो वर्षभन्दा दोब्बर बजेट
३० वर्ष काम गरी ६५ वर्ष पुगिसकेका पत्रकारलाई पेन्सन
सरकारले अर्थतन्त्रको जटिलता र खर्च गर्न सकिने आधारलाई बेवास्ता गर्दै १० खर्ब बढीको जम्बो बजेट आज सार्वजनिक गर्दै छ । चालू आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेको बेला सबैतिर रकम छर्ने गरी २ खर्ब रुपैयाँ थपेर बजेट सार्वजनिक हुँदै छ । कान्तिपुरमा समाचार छ । 
चालू आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब बजेट विनियोजन गरिएको छ । अत्यन्त गोप्य राखिएको बजेटको आकार सवा १० खर्ब रुपैयाँ हाराहारीमा रहने अर्थ स्रोतको भनाइ छ । नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार यति ठूलो आकारको बजेट ल्याउन हौसिएको हो । सरकारले यस अघिको स्रोत समितिले दिएको बजेटको सीमा भन्दा पनि करिब एक खर्ब बढि विनियोजन गर्ने भएको छ ।
अर्थमन्त्रालयले आगामी वर्ष करिब साढे ५ खर्ब उठने अनुमान गरेको छ । यस वर्ष खर्च नभएर करिब ६० अर्ब रुपैयाँ बच्ने अनुमान सरकारको छ । तर यसको आकार भने आगामी असार मसान्तसम्म हुने खर्चले निर्धारण गर्नेछ । बढी खर्च भएर आगामी वर्ष रकम नपुग भए के गर्ने भन्नेमा सरकारको तयारी देखिँदैन । जस्तो कि यस वर्ष पनि गत वर्षको ४८ अर्ब रुपैयाँ आउने भनिएको थियो तर ३३ अर्ब मात्रै बच्यो । यसैगरि वैदेशिक सहायता ३ खर्बको हाराहारीमा आउने विश्वास अर्थको छ । बजेटको आकार बढाउन सवा खर्बसम्म आन्तरिक ऋण उठाएर जोखिम लिन यो सरकार तयार भएको छ । ठूलो रकमको बजेट मार्फत रकम छरेर निर्वाचनमा प्रभाव पार्न प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अर्थमन्त्री विष्णु पौडेल र योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले ठूलो बजेट तयार पारेको अर्थ स्रोतको भनाइ छ ।
ठूलो बजेटले बजार भाउ थप बढने भएपनि निश्चित वर्गलाई खुसी पार्न अर्थ र आयोगले अर्थतन्त्रलाई नै जोखिममा पार्दैछन, अर्थ स्रोतले भन्यो । चालू वर्षमा एक प्रतिशतभन्दा कम वृद्धि भएको छ भने मुल्यवृद्धि ९ दशमलब ५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष सकिन डेढ महिना बाकि हुदा पुँजीगत खर्च जम्मा ५० अर्ब भएको छ । यस वर्षको विनियोजित रकम सक्ने हो भने दिनको ३ अर्ब खर्चिनुपर्नेछ ।
ठूला पूर्वाधार देखाएर थोरै रकम राख्ने र धेरै पैसा छर्ने गरि बजेट तयार पारिएको आयोग स्रोतको भनाइ छ । कर्मचारीको तलब भत्ताको विषयमा विवाद नहुने गरि बढाउने उपायको शुक्रबार अबेरसम्म खोजी भइरहेको थियो । वृद्धिबृद्धा, अपाङका लागि दिइने सामाजिक सुरक्षा भत्ता बढाइएको छ । पेन्सन र अनुदानका कार्यक्रम बढाइ रकम छरेर दिर्घकालीन दायित्व बढाउने बजेट तयार भएको छ । सांसदलाई दिइने निर्वाचन क्षेत्र विकासका दुइवटै कार्यक्रममा रकम कति बढाउने भन्ने विषयमा शुक्रबार राती अबेरसम्म मन्त्रालयमा छलफल चलेको थियो । प्रति सांसद २० लाख र प्रति निर्वाचन क्षेत्रको डेढ करोड रुपैयाँ रकमलाई वृद्धि गन वृद्धि हुने छ ।
सरकारले आगामी मंशिर महिनामा गर्ने भनिएको स्थानिय निकायको निर्वाचनका लागि समेत केहि रकम छुट्याएको छ । संघियता र सीमांकनका लागि पनि बजेट विनियोजन भएको छ । अर्थ स्रोतका अनुसार उक्त दुवै रकम रकम अर्थकै खातामा रहनेगरि विनियोजन हुने हो । यसै वर्ष भएको सीमा नाकाको अबरोध र भारतको नाकबन्दीले सास्ती खेप्नुपरेको भन्दै व्यापार विविधिकरणको नाममा पनि उल्लेख्य रकम विनियोजन भएको स्रोतले बतायो । उक्त बजेट चीनतर्फको व्यापार र पूर्वाधार विस्तारका लागि केन्द्रित हो । चीनतर्फको सीमा नाका जोड्ने सडकहरूका लागि पनि बजेट राखिएको छ, स्रोतले भन्यो, दिगो, स्वाधिन, आत्मानिर्भर र न्यायपुर्ण अर्थतन्त्र निर्माणमा मुलुक बढाउन यो बजेटले सहयोग पुर्‍याउने छ ।
रसुवागढीदेखि, काठमाडौ पोखरा हुदै लुम्बीनिकाको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि समेत केहि रमक राखेका उनलेब बताए । चीनतर्फको नाका रसुवागढी र किमाथाङका जाने सडक स्तरोन्नती, विद्युत प्रसारण लाईनका लागि पनि रकम विनियोजन भएको छ । व्यपार विविधिकरण र चीनतर्फका नाका जोड्नका लागि बजेट उल्लेख्य मात्रामा रकम विनियोजन सायद यो पहिलोपटक हुने छ, ति अधिकारीले दावी गरे ।
काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकमा पनि विनियोजन भएको छ । अर्थ समितिले भने २५ अर्ब रुपैयाँ विनियोजन गर्न सरकारलाई निर्देशन दिएको थियो । पूर्वाधार विकास बैंकको स्थापनाका लागि समेत बजेट विनियोजन भएको छ । अध्ययन गर्नका लागि रकम विनियोजन हुने हो, स्रोतले भन्यो । पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-बुटबल खण्ड ४ लेनको बनाउनका लागि समेत मोटो रकम विनियोजन हुने बजेट निर्माणमा सहभागी एक अधिकारीले बताए । बजेटलाई  निजी क्षेत्र मैत्री, सहभागतीतामुलक समाजबाद उन्मुख आर्थिक विकास  नारा दिइएको छ ।