साउदी अरब । नबौ गणतन्त्र दिवसको अवसर पारेर प्रबासी नेपाली मंच, साउदी अरबले प्रथम रियाद क्षेत्रीय सम्मेलन सम्पन्न गरेको छ ।
सम्मेलनका प्रमुख अथिति मंचका केन्द्रीय काबा अध्यक्ष्य परशुराम मिश्रले नौ वटा मैनबती बालेर उद्घाटन सत्र सुरु गर्नु भएको थियो ।
मंचका क्षेत्रीय संयोजक एबम केन्द्रिय कोषाध्यक्ष छोटु थापाको अध्यक्ष्यतामा सम्पन्न उदघाटन सत्रमा मंचका केन्द्रिय उपाध्यक्ष राजेन्द्र खत्री महासचिव राजु खनाल सचिब अमर श्रेष्ठ प्रमुख सल्लाहकार बिमल गौतम र बिष्णु पौड्याल लगायतले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।
लगत्तै बसेको बन्दसत्रले राजेन्द्र खत्री, राजु खनाल , अमर श्रेष्ठ र बिमल गौतम रहेको चार सदस्यीय अध्यक्ष्य मण्डल घोषणा गरि बन्द सत्र सुरु गरेको थियो । क्षेत्रीय संयोजक एबम मंचका केन्द्रिय कोषाध्यक्ष छोटु थापाले पेश गर्नु भएको राजनैतिक एबम आर्थिक प्रतिबेदन सर्बसहमत पास भएको थियो । लगत्तै भएको निर्बाचनमा आबस्यक संख्या भन्दा बढी उम्मेदवार नपरेको ले पदाधिकारी तथा सदस्य निर्बिरोध निर्बाचित भएको अध्यक्ष्य मण्डलका सदस्य एबम महासचिब राजु खनालले घोषणा गर्नु भएको थियो।
जसमा पेमा टासी अध्यक्ष्य भिम श्रेष्ठ उपाध्यक्ष युबराज राजवंशी सचिब हरि तिमिल्सिना सह सचिब र कोषाध्यक्ष महेन्द्र प्रसाद अधिकारी निर्बाचित भएका छन्य।
यसै गरी सदस्यहरमा जित खड्का, पूर्ण कुमार सारु मगर, हरि शर्मा, मणिराम पौड्याल आकाश गुरुङ पासांग तामांग ऋषिराम तिवारी र टेक बहादुर थापा रहेका छन ।
नबनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अथिती परशुराम मिश्रले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो ।