बि.एच.एल. साउदीले गर्यो क्यान्सर पीडितलाई आर्थिक सहयोग

राजु खनाल
साउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका इनरुवाका सुबोद चौहान,झापाका भुपिन कटुवाल र बारा निजगढका बिमल बजगाई मिलेर बिपन्न बालबालिकाहरु लाई सहयोग गर्न बनाएको सस्था हो Brothers Help Line Of Nepal साउदी अरबको रियाद सहर बाट Be kind help the people भन्ने नारा बोकेर बिपन्न गरिब तथा पिछडिएका बालबालिकाको शिक्षामा केही टेवा पुग्ने गरि स्थापना गरिएको हो ।
 यो सस्थाले नेपालमा धेरै पटक अनुदान रकम चिसोका कारण बिद्यालय जान छडेका बालबालिकाहरु लाई सुइटर बितरण गरि बिद्यालय जान प्रोत्साहन गरेको थियो ।
यो सस्थाले हालै मात्र ब्लड क्यान्सर पीडित राजघाट १ मोरङ कि रबिना धिमाल र उनको आठ महिनाको छोराको उपचारको लागि ५३ हजार आठ सय पाँच रुपियाँ धिमाल बचाउ अभियानका संयोजक सुनिल धिमाल लाई प्रदान गरेको छ ।
BHL का अध्यक्ष पुर्ण तामाङको अगुवाईमा सस्थाले साउदीमा कार्यरत नेपालीहरु बाट सहयोग संकलन गरेको हो ।