साउदी अरब । ओएन एफ साउदी अरबले आफ्नो संगठन बिस्तार गर्ने क्रममा हालै अलकसिम मा प्रथम क्षेत्रीय अधिबेशन सम्पन्न गरेको छ ।
मंचका केन्द्रिय काबा अध्यक्ष्य परशुराम मिश्रको प्रमुख आथित्यमा र केन्द्रिय सदस्य युबराज श्रेष्टको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनलाई मंचका उपाध्याक्ष राजेन्द्र खत्री महासचिब राजु खनाल सचिब अमर श्रेष्ठ कोषाध्यक्ष छोटु थापा प्रमुख सल्लाहकार बिमल गौतम केन्द्रिय सदस्य अच्युत बोगटी पेमा टासी नरेन्द्र बेलबासे र प्रोफेसर अधीर शर्माले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
उद्घाटन सत्र पछी सुरु भएको बन्द सत्रले राजनैतिक तथा आर्थिक प्रतिबेदन पारित गरि पदम पौडेल क्षेत्रीको अध्यक्ष्यत्तामा नया क्षेत्रीय कमिटी चयन गरेको छ ! जसको उपाध्याक्ष मधु प्रसाद ढकाल सचिब मोहम्मद अबुल सह सचिब डम्बर पुन र कोषाध्यक्ष राजेन्द्र बिक्रम नेपाली रहेका छन् ।
यसै गरि सदस्यहरुमा बिष्णु प्रसाद घिमिरे गोमा रसाइली गुम बहादुर गुरुङ फारुक मिया लोकेन्द्र लिम्बु धन बहादुर पुलामी अमर गुरुङ श्याम योंगदांग र अईमान सिह थापा रहेका छन् । बन्द सत्रले प्रोफेसर अधीर शर्मा लाई प्रमुख सल्लाहकार इन्द्र प्रसाद बास्तोला र राजकुमार श्रेष्ठलाई सलाहकारमा चयन गरेको छ ।
नब निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अथिती परशुराम मिश्रले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।