नेपाली जनसम्पर्क समिती कतारको सभापतिमा अर्घाखाँचीका केशब भुसाल निर्बिरोध निर्बाचित

बिष्णु प्रसाद भुसाल
दोहा । नेपाली जनसम्पर्क समिती कतारको चौथो महाधिवेशनबाट अर्घाखाँची बागीका केशब भुषालको नेतृत्वमा १९ सदस्यिय नयाँकार्यसमिती  निर्बिरोध निर्वाचित भएका छ । 
गत २७ मे शुक्रबार दोहाको होटल ग्लोरियाको सभाहलमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद शंकर भण्डारीको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता बिस्व प्रकाश शर्माको बिसेष अतिथ्यमा  जनसम्पर्क समितीको चौथो महाधिवेशन सम्पन्न भएको हो ।  
नयाँ कार्यसमितीको उपसभापतिको २ पदमा शंकर न्यौपाने र सुनिल कुमार मण्डल ,महामन्त्रीमा मोहम्मद अजिज अलि , सहमहामन्त्री केदार भुसाल ,कोषाध्यक्ष पूर्ण पोखरिया र सह-कोषाध्यक्ष रामजी खत्री निर्बिरोध निर्वाचित भएका छन । त्यस्तै जनसम्पर्क समितीको कार्यसमिती सदस्यमा घनश्याम न्यौपाने , याकुब मियाँ ,पुरुषोत्तम सुनुवार , जनार्दन न्यौपाने , राम सुयाल , राकेश श्रेष्ठ , मोहम्मद उमेर आलम, रामकुमार मण्डल , चन्द्रकान्त शर्मा , रामेश्वर मण्डल , जिवच्छ यादव र माहम्मद वासिर राइन सर्वसम्मत चयन भए । नेपाली जनसम्पर्क समिती कतारका सभापती बिमल सुबेदीको सभापतित्वमा सम्पन्न चौथो महाधिवेशनलाई मौन धारण र राष्ट्रिय गानसँगै दिप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो  । 
कार्यक्रममा विशेष अतिथी नेपाली दुतावासका कार्यवाहक राजदुत मणीरत्न शर्माले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै विशेष अतिथीहरु जनसम्पर्क समितीका प्रमुख  सल्लाहकार बद्री पाण्डे , संस्थापक सभापती नरेन्द्र भाट , महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह ,  मोहम्मद अजिज अलि , एनआरएनए गल्फ उपसंयोजक उमेश अधिकारी , आईसीसी सदस्य बिनोद भट्टराई , कोअप्ट सदस्य आरके शर्मा , एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ्ग लगायत कतारमा स्थापित बैचारीक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उपस्थित अतिथीहरुले मन्तव्य मार्फत आउने नयाँकार्यसमितीलाई बधाई तथा शुभकामना दिएका थिए ।जनसम्पर्क समितीले महाधिवेशनको अवसरमा आफ्नै वेवसाईट सार्वजनिक गरेको थियो । वेवसाईट निर्माण समिती संयोजकमा रामजी खत्री रहेका थिए । त्यस्तै जनसम्पर्क समितीले आफ्नो स्मारिका समेत विमोचन गरेको थियो । जनसम्पर्क नामक स्मारिकालाई अजिज अलीले सम्पादन गरेका हुन भने कुमार कार्कीले स्मारिकाको बारेमा समिक्षा गरेका थिए । स्मारिका छाप्नका लागी सहयोग गर्ने व्यक्तीहरुलाई प्रमाणपत्र दिईएको थियो । 
कार्यक्रममा जनसम्पर्क समितीलाई प्रत्यक्ष सहयोग पुर्याएको भन्दै विभिन्न क्षेत्रमा सकृय भुमिका निर्वाह गरिरहेका व्यक्तीत्वहरुलाई प्रसंशा तथा सम्मान गरिएको थियो ।  
केशब भुसाल, सन् २००२ देखि कतारमा कार्यरत छन्, उनि अर्घाखाँची जिल्लाको बागी गा बि स निबासी हुन् उनि कतारमा जनसम्पर्क समिति कतारको स्थपनाकाल देखि नै सक्रिय भूमिका निभाएका छन् ।