संखुवासभाको चैनपुर भाङटारमा चट्याङ लागेर एकको मृत्यु, पौडी खेल्न जाँदा बेपत्ता

 संखुवासभाको चैनपुर नगरपालिका-६ स्थित भाङटारमा चट्याङ लागेर शनिबार राति एकको मृत्यु भएको छ । दुई गम्भीर घाइते छन् ।
चट्याङ लागेर २७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी गौतमकुमार केसीले बताए । घाइते तिलमाया विश्वकर्मा र राधाकुमारी विश्वकर्माको चैनपुर स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धरान लगिएको छ ।
यस्तै, मकालु ४ का ३२ वर्षीय टेकबहादुर राई पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । स्थानीय कास्वा खोलामा पौडी खेल्ने क्रममा शनिबार राई बेपत्ता भएका हुन् । राईलाई कास्वा खोलाबाट बगाएर अरुण नदीमा मिसाएको स्थानीयले बताए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। कान्तिपुरमा समाचार छ ।  

अन्य समाचारहरु