दिल्ली । अनौपचारिक घुमघामको शिलशिलमा दिल्लीको एक भेटघाटमा, करिब दुई महिना अघिदेखि अर्घाखाँची जिल्लामा कार्यरत डिएसपी नवरतन पौडेलले जिल्लामा शान्ति, सुरक्षाको निम्ति जस्तो सुकै कदम चाल्नु परे पनि पछि नहटि नयाँ परिवर्तन ल्याउने कुरा बताउनु भएको छ ।
सुपा देउराली टुर एण्ड ट्रवाल्सको भेटघाट कार्यक्रममा बोल्दै पौडेलले दिल्लीबाट अर्घाखाँची सम्म जाने गाडीहरुलाई पटके काट्ने व्यवस्था गरिदिने अन्यथा कुनै विकल्प ल्याउने आश्वासन पनि दिनु भएको छ ।
अनौपचारिक भेटघाट कार्यक्रम भएकाले सुपा देउरालीका वरिष्ठ उपाध्यक्ष दिल खत्री, क.का.स.राजु कुवर, साइ कृपा च्यारिटेवल ट्रस्टका अध्यक्ष विष्णु केसी, सोही संस्थाका सल्लाहकार गोपाल पाण्डे, पत्रकार, समाजसेवी, आदिको उपस्थिति थियो ।
सो भेटघाट कार्यक्रम भारतको राजधानी दिल्ली नजिकै आइतबार गजियाबादको कविनगरमा भएको थियो ।