दाङमा ट्रिपर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते

 दाङमा ट्रिपर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 
 
सोनापुर सिमेन्टको लागि कच्चा पदार्थ लोड गरी आउँदै गरेको ट्रिपर रा १ ख ९२७ नम्वरको ट्रिपर सैघाको पेदा भन्ने ठाउँमा गएराति दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। 
 
दुर्घटनामा ट्रिपरका चालक सल्यान माल्टा-९ का २७ वर्षीय तीलकबहादुर घर्ती, दाङको सैघा-२ का १८ वर्षीय अजय नेपाली र सहचालक  सल्यान शिद्धेश्वरी-९ का अन्दाजी २५ वर्षीय जितबहादुर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश शर्माले जानकारी दिए। 
 
दुर्घटनामा सैघा-२ का १९ वर्षीय  खिमवहादुर सार्की गम्भीर घाइते भएका छन्। राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचार पछि सार्की थप उपचारका लागि गएराति नै बाँकेको नेपालगञ्ज लगिएको छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु