दिल्लीमा समाजसेवी तथा ब्यबसायिक ऋषिद्दारा नेपाली देशभक्त आवाजलाई टि-शर्ट प्रदान

बाबु रोका मगर (दिल्ली) 
भारतको दिल्ली एन सी आर गुड्गावामा आफ्नो ब्यबसाय गर्दै आउनु भएका राप्ति अञ्चल दाङ्ग घोराही निवासी चाइनिज हट फास्टफुड का प्रोपाइटर श्री ऋषि कुमार ब्यबसायिक मात्र नभई कर्मठ समाजसेवी पनि हुनुहुन्छ | यु ब्लक गुडगाव हरियाणा स्थित अर्को नयाँ फास्टफुड को उद्घाटन को उपलक्ष्यमा नेपाली देशभक्त आवाजका पुरै टिम लाइ टि-शर्टहरु प्रदान गर्नु भएको हो |
नेपाली देशभक्त आवाजले दिल्ली एन सी आर क्षेत्रमा नेपालीहरुका हकहितका निम्ति सहयोग र सामाजिक काममा अतुलनिय योगदान दिदै राम्रो पहिचान बनाउदै आएको खुशीमा सो संस्थालाई आगामी दिनहरुमा पनि यसरि नै राम्रो काम गर्दै अघि बढ्न हौसला अनि हार्दिक बधाई दिदै टि-शर्ट प्रदान गर्नु भएको हो | 
उद्घाटन तथा टि- शर्ट प्रदान कार्यक्रम अचानक राख्नु परेकोले नेपाली देशभक्त आवाजका सबै सदस्यहरुको उपस्थिति रहन नसकेको र सबै सदस्यहरुलाई तुरुन्त खबर गर्न नसकेको मा उपस्थित संस्थाका सदस्यहरुले आफुहरु दुखि रहेको बताए | 
पछिल्लो केहि समय देखि यस संस्थाले दिल्ली एन सी आर क्षेत्रहरुमा राम्रो कार्य गर्दै आएको एकाएक भारत,नेपाल र अमेरिका सम्म चर्चा परिचर्चा चलेपछि सो संस्था नेपाली देशभक्त आवाजले (USA) बाट प्रसंसा अवार्ड लिइ सकेको छ जसले गर्दा संस्थाका सदस्यहरुलाई सामाजिक काम गर्न ठुलो हौसला बढ्दै गएको छ | चन्द्र सुर्य अंकित नेपाली राष्ट्रिय झण्डा भएको टि-शर्ट पहिरिदा संस्थाका सदस्यहरुमा एक किसिमको उत्साह देखिएको थियो प्रवासमा यसरि आफुले गरेका कामहरुको प्रसंसा गर्दै अन्य समाजसेवीहरुले पनि यस संस्थालाई सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नुभएको छ | 
नेपाली देशभक्त आवाजले  लुकेका प्रतिभाहरु र लुकेका समाजसेवीहरुलाई जनताहरुको माझमा ल्याउने ठुलो जमर्को गरिरहेको छ र यस्ता कर्मठ सच्चा देश प्रेमी तथा समाजसेवी हरुलाई सरकार र सरोकार वालाहरुले पनि ध्यान दिएमा देश अनि समाजमा पक्कै परिवर्तन आउने अन्य उपस्थित प्रवासी नेपालीहरुको भनाइ रहेको थियो |